February 11th, 2017

नेपाल विमक संघको अध्यक्षमा पुनः विजयबहादुर शाह

नेपाल बीमक संघको अध्यक्षमा पुनः विजयबहादुर शाह चयन भएका छन्। संघको साधारणसभाले उनलाई दोस्रो पदावधीका लागि सर्वसम्मत रुपमा चयन गरेको हो । उनी एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हुन्।

त्यस्तै, संघको उपाध्यक्षमा प्रुडेन्सियल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत वीरकृष्ण महर्जन, महासचिवमा एनबी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठ,कोषाध्यक्षमा सिद्धार्थ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्रबहादुर क्षेत्री चयन भएका छन्। त्यसैगरी, सगरमाथा इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत नुरप्रकाश प्रधान सदस्यमा चयन भएका छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]