February 10th, 2017

सनराइज बैंकले कमायो झन्डै ६१ करोड मुनाफा

सनराइज बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा ६० करोड ९७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६७.५२ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा सनराइजले ३६ करोड ३९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । 

पाँच अर्ब ३० करोड १३ लाख रुपैयाँ चुक्तापुँजी भएको बैंकले निक्षेपमा ५९ दशमलव ९९ प्रतिशतले वृद्धि गरी ५७ अर्ब ३० करोड ४ लाख रुपैयाँ संकलन गरेको छ । कर्जातर्फ बैंकले ५८ दशमलव ३७ प्रतिशतले वृद्धि गरी ४९ अर्ब २२ करोड ३६ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी ७० दशमलव २४ प्रतिशतले बढेर एक अर्ब १० करोड ३१ लाख रुपैयाँ पुगेको छ । त्यस्तै संचालन मुनाफा एक सय दुई दशमलव ५६ प्रतिशतले बढेर ८२ करोड पाँच लाख रुपैयाँ पुगेको छ । 

यो अवधिमा ११ करोड ३३ लाख रुपैयाँ खराब कर्जा उठाएको सनराइज बैंकको जोखिमयुक्त सम्पत्ति शुन्य दशमलव नौ प्रतिशतले बढेर १२ दशमलव १७ प्रतिशत पुगेको छ । बैंकको निष्कृय कर्जा भने शुन्य दशमलव नौ प्रतिशतले घटेर एक दशमलव ४० प्रतिशत कायम भएको छ । बैंकले प्रोभिजनमा १९ करोड १२ लाख रुपैयाँ राखेको छ भने जगेडा कोषमा एक अर्ब ४५ करोड २९ लाख रुपैयाँ राखेको छ । 

बैंकको प्रतिसेयर आम्दानी २३ रुपैयाँ, मूल्य आम्दानीको अनुपात २१ दशलमव ३९ गुणा, प्रतिसेयर नेटवर्थ एक सय २७ दशमलव ४१ रुपैयाँ र तरलता अनुपात २५ दशमल ४२ प्रतिशत रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]