February 7th, 2017

राष्ट्रिय वाणिज्य बैंकमा विलय हुन लागेको एनआइडीसीले कमायो १३ करोड ४३ लाख मुनाफा

राष्ट्रिय वाणिज्य बैंकमा विलय हुन लागेको एनआइडीसी डेभलपमेन्ट बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा १३ करोड ४३ लाख ३२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले मुनाफामा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९२ प्रतिशत वृद्धि हासिल गरेको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा एनआईडीसीले छ करोड ९९ लाख ५७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । 

४१ करोड ५८ लाख २३ हजार रुपैयाँ चुक्ता पुँजी भएको बैंकले दोस्रो त्रैमासमा एक अर्ब ४२ करोड २१ लाख १७ हजार रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ५६ करोड ४४ लाख ८५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले खुद ब्याज आम्दानीमा पनि ३४.१४५ ले बढोत्तरी गरेर १२ करोड ९८ लाख ८७ हजार रुपैयाँ पुर्याएको छ । गत वर्षको खुद ब्याज आम्दानी नौ करोड ६८ लाख २६ हजार रुपैयाँ थियो ।

एनआइडीसीले यो त्रैमासमा ६ करोड ६१ लाख ६२ हजार रुपैयाँ राइट ब्याक गरेको छ । बैंकले सम्भावित जोखिमका लागि एक करोड ९४ लाख २४ हजार रुपैयाँ व्यवस्था गरेको छ । बैंकले गत वर्षको १४.०६५ खराब कर्जालाई घटाएर ८.९७५ मा ल्याएको छ । एनआइडीसीको रिजर्भमा तीन अर्ब १४ करोड २० लाख ३८ हजार रुपैयाँ रहेको छ । बैंकको प्रतिसेयर आम्दानी ६४ रुपैयाँ १६ पैसा र प्रतिसेयर नेटवर्थ ८५५ रुपैयाँ ६२ पैसा रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]