January 31st, 2017

झुटो हल्ला फैलाएर सेयर बजारलाई प्रभावित पार्नेमाथि कारबाहीको माग 

सेयर लगानीकर्ता संघले झुटो हल्ला फैलाएर सेयर बजारलाई प्रभाव पार्नेहरुलाई कारबाही गर्न नियमनकारी निकायहरुसँग माग गरेको छ । बजारमा उतारचढाव आउँदा कतिपय लगानीकर्ता आत्तिएर सेयर बेच्ने प्रवृत्ति बढेको, झुटो हल्ला फिँजाएर सेयरको मूल्य घट्छ भन्दै जबरजस्ती बेच्न लगाउने जस्ता अवाञ्छिनित गतिविधि भइरहेको संघका महासचिव नबराज सुबेदीले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ । 

केही व्यक्तिहरुले बजार व्यापक घट्छ भन्ने गलत अफवाह फैलाएर लगानीकर्ताको मनोबल गिराउने काममा सक्रिय भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको संघले जनाएको छ । कतिपय सञ्चारमाध्यम विशेषगरी अनलाइन समाचार माध्यमले अनावश्यक ढंगबाट झुटा समाचार सम्प्रेषण गरी बजारमा आतंक मच्चाएको आरोप समेत संघले लगाएको छ ।


 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]