January 29th, 2017

हाम्रो विकास बैंकले छ महिनामा कमायो दुई करोड मुनाफा

हाम्रो बिकास बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा दुई करोड १५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६४ दशमलव ६२ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा हाम्रो विकास बैंकले एक करोड ३० लाख रुपैयाँ नाफा कमाएको छ । 

१५ करोड रुपैयाँ चुक्ता पूँजी भएको बैंकले निक्षेपमा ३६ दशमलव ५९ प्रतिशतले वृद्धि गरी एक अर्ब १७ करोड २१ लाख रुपैयाँ संकलन गरेको छ भने कर्जातर्फ एक अर्ब एक करोड ६५ लाख रुपैयाँ लगानी गरेको छ । बैकको खुद व्याज आम्दानी झन्डै ७० प्रतिशतले बढेर चार करोड १४ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ५७ प्रतिशतले बढेर तीन करोड आठलाख रुपैयाँ पुगेको छ । 

निष्कृय कर्जा शुन्य दशमलव ६२ प्रतिशत रहेको बैंकले प्रोभिजनमा ५७ लाख रुपैयाँ छुटाएको छ भने जगेडाकोषमा तीन करोड ८८ लाख रुपैयाँ राखेको छ । यो अवधिमा बैंकले २९ लाख रुपैयाँ खराबकर्जा उठाएको छ । बैंकको पूँजी कोष पर्याप्तता अनुपात १६.१३ प्रतिशत, , प्रतिसेयर आम्दानी वार्षिक २८ दशमलव १३ रुपैयाँ, पीइ करीब १४ दशमलव २१ गुणा, नेटवर्थ प्रतिसेयर एक सय २४ दशमलव ८४ रुपैयाँ रहेको छ ।
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]