January 21st, 2017

हेर्नुस्, पूर्व-राजपरिवारको सम्पत्ति विवरण

आर्थिक वर्ष २०७३/७४ मा पूर्वराजा वीरेन्द्र शाहको परिवारको चल सम्पति ४० करोड ८८ लाख ७६ हजार रुपैयाँ रहेको छ । नेपाल ट्रष्टले दिएको जानकारी अनुसार पूर्वराजा वीरेन्द्र, पूर्वरानी ऐश्वर्य, पूर्वयुवराज दीपेन्द्र र निराजनको नाममा उक्त चल सम्पति रहेको छ । यस्तै सेयरतर्फ विभिन्न बैंक तथा संघ संस्थामा दुई लाख ९५ हजार एक सय १२ कित्ता सेयर रहेको छ ।

नबिल बैंक लिमिटेडमा दुई लाख ५७ हजार ६ सय ४२ कित्ता, होटल डेला अन्नपूर्णमा ३० हजार ७ सय २० कित्ता र इन्ड्रष्ट्रियल डेभलपमेन्ट बैंकमा ६ हजार ७ सय ५० कित्ता रहेको ट्रष्टका सहसचिव लेखबहादुर कार्कीले जानकारी दिए ।

यस्तै ट्रष्टको नाममा किष्ट बैंकको खातामा ४८ हजार ४ सय ६६ पाउन्ड स्टर्लिङ र प्रभु बैंकको खातामा एक लाख ३८ हजार ६ सय २६ अमेरिकन डलर रहेको ट्रष्टले जनाएको छ । ट्रष्टले पूर्वराजाको परिवारको नाममा हालसम्म २३ हजार रोपनी जग्गा फेला पारेको जनाएको छ । रासस 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]