January 19th, 2017

फागुन मसान्तभित्रमा बीमा विधेयक मन्त्रीपरिषद्मा पेश गरिने

बीमा विधेयक आगामी फागुन मसान्तभित्र मन्त्रीपरिषद्मा पेश गरिने भएको छ । बुधबार अर्थमन्त्रालयमा समृद्ध नेपालको लागि दीगो आर्थिक विकासको तत्कालीन कार्यान्वयन कार्ययोजना सार्वजनिक गर्दै उपप्रधान तथा अर्थ मन्त्री कृष्णबहादुर महराले यस्तो जनाकारी दिएका हुन् । 

सरकारले बीमा व्यवसायलाई नियमित, गुणस्तरीय, व्यवस्थित र विस्तार गर्न बीमा विधेयक संशोधन गर्न लागिएको जनाएको छ । यसका लागि बीमा विधेयक तत्काल व्यवस्थापीका संसदमा प्रस्तुत गर्ने योजना अर्थमन्त्रालयको छ । अर्थमन्त्रालयले संसदको आगामी अधिवेशसनबाट बीमा विधेयक पारित हुने अपेक्षा गरेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]