January 18th, 2017

तिनाउ विकास बैंकले कमायो पाँच करोड १८ लाख रुपैयाँ मुनाफा

तिनाउ विकास बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा पाँच करोड १८ लाख २४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले नाफामा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा दुई गुणाले बढोत्तरी गरेको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा तिनाउले दुई करोड ५६ लाख १२ हजार रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

खुद व्याज आम्दानी र सञ्चालन मुनाफामा गरेको प्रगतीले बैंकको नाफामा प्रगती भएको हो । बैंकको खुद व्याज आम्दानी गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा ७७ दशमलव ४७ प्रतिशत बढेर नौ करोड ८१ लाख ४३ हजार रुपैयाँ पुगेको छ । त्यस्तै, सञ्चालन मुनाफा ९७ दशमलव ६४ प्रतिशत बढेर सात करोड ९५ लाख ४८ हजार रुपैयाँ पुगेको छ । 

यो अवधिमा बैंकको निक्षेप दुई अर्ब ८० करोड ३८ लाख ५३ हजार रुपैयाँबाट बढेर तीन अर्ब ६४ करोड नौ लाख ७२ हजार रुपैयाँ पुगेको छ । त्यस्तै, कर्जा लगानी दुई अर्ब सात करोड ६० लाख ६४ हजार रुपैयाँबाट बढेर तीन अर्ब नौ करोड ९४ लाख ६९ हजार रुपैयाँ पुगेको छ । 

३८ करोड ७५ लाख ६० हजार रुपैयाँ चुक्तापुँजी भएको बैंकले यो अवधिमा तीन लाख  ५९ हजार खराब कर्जा उठाएको छ । निष्कृय बर्जा ०.३४ प्रतिशत भएको तिनाउले जगेडा कोषमा नौ करोड २३ लाख २१ हजार रुपैयाँ राखेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा बैंकको जगेडा कोष ८८.११ प्रतिशतले बढेको हो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]