January 17th, 2017

प्रभु बैंकले गर्यो कमालको प्रगती : नाफा पुग्यो एक अर्बमाथि

प्रभु बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा एक अर्ब ११ करोड २३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत वर्षको तुलनामा १७४.२१ प्रतिशतले बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दास्रो त्रैमासमा प्रभुले ४० करोड ५६ लाख रुपैयाँ नाफा गरेको थियो । 

गत वर्ष ग्राण्डलाई गाभेको प्रभुले ग्राण्डको खराब कर्जाका कारण नाफा बढाउन सकेको थिएन । यसपाली भने उक्त खराब कर्जालाई रिकभर गरेको र पूराना कर्जाहरु पनि उठाएको बैंकले जनाएको छ । ५ अर्ब ८८ करोड रुपैयाँ चुक्ता पूँजी भएको बैंकले यो अवधिमा एक अर्ब १३ करोड रुपैयाँ खराबकर्जा उठाएको जनाएको छ । गत असोजमा साढे सात प्रतिशत रहेको खराव कर्जा पुसमा ४.८८ प्रतिशतमा झारेको छ ।
 
यो अवधिमा प्रभुको खुद व्याज आम्दानी १०३.९६ प्रतिशतले बढेर एक अर्ब ४४ करोड २७ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, सञ्चालन मुनाफा गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा १९२.१६ प्रतिशतले बढेर एक अर्ब ११ करोड ९७ लाख रुपैयाँ पुगेको छ । 

बैंकले निक्षेपमा ४६ दशमलव ३३ प्रतिशतले वृद्धि गरि ७० अर्ब २१ करोड ६५ लाख रुपैयाँ संकलन गरेको छ । त्यस्तै, कर्जातर्फ ५६ अर्ब ५२ करोड ९० लाख रुपैयाँ लगानी गरेको छ ।

बैंकले जगेडाकोषमा एक अर्ब ४१ करोड २२ लाख रुपैयाँ राखेको छ । बैंकको प्रोभिजनमा १८ करोड ५३ लाख रुपैयाँ नोगेटिभमा रहेको छ । बैंकले यो अवधिमा साढे १८ करोड ऋणको नोक्सानी व्यवस्थापन गरेको छ । बैंकको पूँजी कोष अनुपात ११.१० प्रतिशत छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]