January 17th, 2017

राष्ट्र बैंकको निर्देशन नमान्ने बैंकलाई ५ करोड जरीवाना हुने  

नेपाल राष्ट्र बैकले नयाँ आर्थिक नीति निर्माण गर्ने तयारी भईरहेको जनाएको छ । निजी बैँकहरुमाथि कडाई गर्ने व्यवस्थासहित राष्ट्र बैंकले नयाँ आर्थिक नीति निर्माणको तयारी गरेको हो । खासगरी उत्पादनमूलक क्षेत्रमा राष्ट्र बैंकको निर्देशन निजि क्षेत्रबाट सञ्चालित बैंकहरुले पालना नगरेपछि राष्ट्र बैंकले यस्तो तयारी गरेको हो ।

के के व्यवस्था समेटिन्छन् नयाँ नीतिमा ?
 राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीका अनुसार नयाँ आर्थिक नीतिमा राष्ट्र बैङ्कको निर्देशन पालना नगर्ने बैंकलाई ५ करोड रुपैयाँसम्मको जरिवाना गराउने व्यवस्था समेटिने छ । नीति निर्माण भई कार्यान्वयनमा आएपछि उत्पादनमूलक क्षेत्रमा निजि बैंकहरुले पनि लगानी बढाउने विश्वास गरिएको शिवाकोटीले बताए ।  

कृषिमा जति पनि लगानी गर्न सकिने
नयाँ नीतिमा राष्ट्र बैंकले कृषि क्षेत्रमा हाल सीमा कायम गरिएको १ करोड रुपैयाँसम्मको लगानीलाई हटाएर खुल्ला गर्ने व्यवस्था समेट्ने जनाएको छ । शिवाकोटीले व्यापकरुपमा कृषिमा लगानी गर्ने तयारी भइरहेको बताउँदै कृषि क्षेत्रमा हाल सीमा कायम गरिएको १ करोड रुपैयाँसम्मको लगानीलाई हटाएर खुल्ला गरिने बताए । निजी क्षेत्रका अधिकांश वाणिज्य बैङ्क सहर केन्द्रित हुँदा ग्रामिण भेगमा बस्ने जनताको आर्थिक उन्नति हुन नसकेको उनको भनाई छ । वाणिज्य बैङ्कले विपन्न वर्गमा लगानी गर्नुपर्ने कर्जा पनि गर्न नसकेको उनले बताए । त्यसैले पनि राष्ट्र बैंकले प्राथमिकता मानेको क्षेत्रमा वाणिज्य बैंकहरुलाई सहभागी गराउनका लागि नयाँ नीति निर्माणको तयारी गरिएको उनले जानकारी दिए । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]