January 15th, 2017

फस्र्ट माइक्रोफाइनान्सले कमायो तीन करोड ३६ लाख रुपैयाँ मुनाफा

फस्र्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्ष २०७३/७४ को दोस्रो त्रैमासमा तीन करोड ३६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४३.५५ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा फस्र्ट माइक्रोफाइनान्सले दुई करोड ३४ लाख रुपैयाँ रुपैयाँ मुनाफा आर्जन गरेको थियो । 

२६ करोड ४५ लाख रुपैयाँ चुक्तापुँजी भएको बैंकको व्याज आम्दानी ३९ दशमलव ३२ प्रतिशतले बढेर ५ करोड ९० लाख रुपैयाँ पुगेको छ । त्यस्तै सञ्चालन मुनाफा गत बर्षको सोहि अवधिको भन्दा ४३ दशमलव ५५ प्रतिशतले वृद्धि भई ५ करोड २९ लाख रुपैयाँ पुगेको छ । 

यो अवधिमा बैंकले कर्जातर्फ गत आर्थिक वर्षको तुलनामा ४० दशमलव ४१ प्रतिशत बढाएर तीन अर्ब २४ करोड १२ लाख रुपैयाँ लगानी गरेको जनाएको छ । बैंकले जगेडा कोषमा ७ करोड ५९ लाख रुपैयाँ छुट्याएको छ । बैंकको प्रतिशेयर आम्दानी २५ दशमलव ४८ रुपैयाँ रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]