January 10th, 2017

तपाईँलाई थाहा छ ? बाहिरी देशमा बनेका कार्ड चल्दैनन् जापानका एटीएममा

जापानका थुप्रै एटीएमहरुबाट जापान बाहिर बनाइएका क्रेडिट कार्ड, डेबिट कार्ड र एटीएम कार्डबाट रकम निकाल्न मिल्दैन । अपवादमा छन् मुलुकभरका २० हजार हुलाक कार्यालय र १० हजारभन्दा बढी ७–इलेभेन कन्भेनियन्स स्टोरका एटीएमहरु, जहाँबाट मात्रै तपाईँले जापान बाहिरबाट बनाइएको डेबिट कार्ड, क्रेडिट कार्ड र एटीएम कार्डबाट रकम निकाल्न सक्नुहुन्छ । यसका अलावा, यहाँबाट भिसा, प्लस, मास्टर कार्ड, माइस्ट्रो, साइरस, अमेरिकन एक्सप्रेस र जेसीबी कार्डहरुबाट पनि तपाईँले अंग्रेजी युजर मेनुसहित रकम निकाल्ने सुविधा पाउन सक्नुहुन्छ । 

हुलाक कार्यालयका एटीएम चौबिसै घण्टा खुला
७–इलेभेन स्टोरका एटीएमहरुले चौबिसै घण्टा सेवा दिन्छन् । हुलाक कार्यलयका एटीएमहरुको हकमा भने प्रमुख सहरमा रहेका केन्द्रिय कार्यालयहरुले मात्रै चौबिस घण्टा र सातै दिन सेवा प्रवाह गर्छन् । हुलाक कार्यालयहरुले पनि आकारअनुसारको समयावधिसम्म एटीएम सेवा प्रदान गर्ने गर्दछन् । विशेषतः मूख्य हुलाक कार्यालहरुले बिहान ७ बजेदेखि बेलुका ११ बजेसम्म र साताको अन्तिम दिनमा अलि कम समय सेवा दिन्छन् । त्यस्तै, मध्यम स्तरका कार्यालयहरुले बिहान ८ बजेदेखि बेलुका १० बजेसम्म सेवा दिन्छन् भने साताको अन्तिम दिन कम समय सेवा दिन्छन् । साताको आइतबार भने बन्द पनि हुन सक्छन् । त्यस्तै, साना कार्यालयहरुले बिहान ९ बजेदेखि साँझ ४ बजेसम्म खुल्छन् भने साताको अन्तिम दिन बन्द रहन्छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]