January 9th, 2017

वित्तीय क्षेत्रको अध्ययन गर्न आईएमएफको टोली नेपाल आउँदै

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को टोली बुधबार नेपाल आउने भएको छ । जेरार्ड जे. अलमेकिन्डर्सको नेतृत्वमा सात सदस्यीय टोली 'आर्टिकल-IV' मिसनका लागि नेपाल आउन लागेको हो । १३ दिनसम्म नेपालमा रहने टोलीले नेपालको अर्थतन्त्र तथा वित्तीय क्षेत्रको अध्ययन गर्नेछ । उनीहरुले नेपालको विनिमय दर प्रणाली र विनिमय अवस्थाका बारेमा पनि अध्ययन गर्ने बताइएको छ । टोलीले आवश्यक अध्ययन तथा अनुसन्धान गरेर ’आर्टिकल-IV' मार्फत आफ्नो धारणा सार्वजनिक गर्नेछ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]