January 8th, 2017

एनएमबि बैंकले १९ प्रतिशत बोनस शेयर वितरण गर्ने

रोयल आचार्य/बैंकिङ खबर–
एनएमबि बैंकले वितरण योग्य मूनाफाबाट शेयर धनिलाई चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा भएको बैंकको २१ औं बार्षिक साधारणसभाले २१ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय पारित गरेको हो । बैंकको अन्तराष्ट्रिय साझेदार एफएमओ को २० प्रतिशत स्वामित्व रहेको बैंकको १९ प्रतिशत बोनस सेयर वितरण पछि चुक्ता पूँजी ६ अरब ४६ करोड पुग्नेछ । एनएमबि बैंकको हाल ७२ वटा शाखा, ७ एक्स्टेन्सन काउण्टर तथा ५७ वटा एटिएम सेवा सञ्चालनमा छन् ।

साधारणसभालाई सम्बोधन गर्दै बैंकका अध्यक्ष पवन कुमार गोल्याणले भृकुटी डेभलपमेण्ट बैंक, क्लिन इनर्जी डेभलपमेण्ट बैंक र प्रुडेण्सियल फाइनान्सबीच भएको मर्जरले बैंकको पूँजिगत आधार बलियो भएको वताए । अध्यक्ष गोल्याणले भने ‘ऐतिहासिक मर्जरले बैंकको पूँजी बृद्धिका शाखा सञ्जालमा ठूलो टेवा पुगेको छ ।’ एनएमबि बैंकसंग अन्य २ विमास बैंक र १ फाइनान्स मर्जर भई गत कार्तिकबाट एकिकृत सेवा सूचारु गरेका थिए । एनएमबि बैंकको साधारणसभामा बैंकका अध्यक्ष गोल्याणले समिक्षा बर्षको कारोबार शेयरधनिहरुलाइृ जानकारी गराएका थिए । अध्यक्षले सभामा प्रस्तुत गरेका बार्षिक प्रतिबेदन अनुसार निम्नानुसार कारोबार भएको छ । 

निक्षेप संकलन
आ.ब. २०७१/७२ मा बै.कले ३६ अबै ७२ करोड निक्षेप परिचालन गरेकोमा समिक्षा बर्ष २०७२/७३ मा ७६.४१ प्रतिशतले बृद्धिभई ६४ अर्ब ७८ करोड पुगेको छ । 

कर्जा तथा सापट
आ.ब. २०७१/७२ मा बैंकले २७ अर्व २८ करोड लगानी गरेकोमा समिक्षा बर्ष आ.ब. २०७२/७३ मा ९४.३० प्रतिशतले बृद्धि भई बैंकको कर्जा लगानी रु. ५३ अर्व २ करोड पुगेको छ । 

विदेशमा प्रतिनीधि कार्यालय
एनएमबि बैंकले मलेसियाको क्वालालम्पुरमा स्गापना गरेका सम्पर्क कार्यालयले सम्पर्क बिन्दुका रुपमा रहि बैंकको रेमिट्यान्स लगायत अन्य व्यवसाय बृद्धिका लागि कार्य गर्दै आएको छ । यसबाट दुइृ देसबीच व्यापार अभिबृद्धि हुनुका साथै नेपाली अर्थतन्त्रमा राहत पुगेको छ । 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]