January 3rd, 2017

एनसीसी बैंकको व्यवस्थापनबाट ३५ महिनापछि बाहिरियो राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले नेपाल क्रेडिट एण्ड कमर्स बैंकको व्यवस्थापन जिम्मेवारीबाट हात झिकेको छ । विगत ३५ महिनादेखि सम्हाल्दै आएको एनसीसी बैंकको व्यवस्थापनको जिम्मेवारी राष्ट्र बैंकले एनसीसी बैंककै सञ्चालक समितिलाई सुम्पेको हो । 

नेपाल राष्ट्र बैंकको संचालक समितिको मिति २०७०/१०/२१ को निर्णय अनुसार नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको व्यवस्थापन बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०६३ को दफा ५४ को उपदफा (१) बमोजिम राष्ट्र बैंकले एनसीसी बैंकलाई आफ्नो नियन्त्रणमा लिएको थियो । इन्फ्राष्ट्रक्चर डेभलपमेण्ट, एपेक्स डेभलपमेण्ट, सुप्रिम डेभलपमेण्ट र इन्टरनेसनल डेभलपमेण्ट गरी चारवटा विकास बैंकसँग मर्जर गरी सोमबारबाट एकिकृत कारोबार गराएर राष्ट्र बैंक बाहिरिएको हो । गाभ्ने/गाभिने प्रक्रियाका लागि गरिएकोे अन्तिम सम्झौतामा उल्लेखित व्यवस्था बमोजिम नेपाल राष्ट्र बैंकले एनसीसी बैंकको व्यवस्थापन बैंकको तदर्थ सञ्चालक समितिलाई जिम्मा लगाएको जनाएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]