January 2nd, 2017

प्रभु मनि ट्रान्सफर र आरम्भ माइक्रोफाइनान्सबीच सम्झौता

प्रभु मनि ट्रानस्फर प्रा लि र आरम्भ माइक्रोफाईनानन्स वित्तीय संस्था लिमिटेडबीच रेमिट्यान्स सम्झौता सम्पन्न भएको छ । माइक्रोफाइनानन्सको कार्यालय बनेपामा आयोजित कार्याक्रममा प्रभु मनि ट्रान्सफरका तर्फबाट कम्पनीका नायब महाप्रबन्धक रामेश्वर सापकोटा र आरम्भ माइक्रोफाइनानन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिनोद आचार्यले हस्ताक्षर गरेका हुन् । 

जसअनुसार, अब आरम्भ माइक्रोफाइनानन्सको नुवाकोट, धादिङ, तनहु, काभ्रेपलन्चोक लागायत विभिन्न ११ जिल्लामा १६ वटा शाखा कार्यालयबाट प्रभु मनि ट्रान्सफरमार्फत बठाइएको रेमिट्यान्स भुक्तान हुने  माइक्रोफाईनानन्सका प्रमुख कार्यकारी अधिकृत आचार्यले जानकारी दिए । आरम्भको केन्द्रीय कार्यालय मेलम्ची–८, बहुनपाटि, सिन्धुपाल्चोकमा रहेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]