January 2nd, 2017

सोलुखुम्बुमा पहिलोपटक पुग्यो एटिएम सेवा

राष्ट्रिय वाणिज्य बैङ्क सोलुखुम्बु शाखा कार्यालयले सदरमुकाममा एटिएम सेवा सुरू गरेको छ । सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले सो सेवा सुरु गरेका हुन् । यसअघि कुनै पनि बैङ्कले एटिएम प्रयोगमा नल्याएको अवस्थामा बैङ्कले सदरमुकाममा सोमवारबाट एटिएम सेवा सुरु गरेको हो ।

एटिएम कार्डको प्रयोगबाट रू. दुई लाखसम्म झिक्न मिल्ने र सेवा बिहान ७ देखि साँझ ७ बजेसम्म उपलब्ध हुने सो शाखाका निमित्त प्रमुख भावना फुयाँलले जानकारी दिए । जिल्लास्थित सबै सरकारी तथा गैरसरकारी कार्यालयका साथै सर्वसाधारणको बैङ्किङ कारोबारका कारण रकम झिक्न घण्टौँ लाइन लाग्नुपर्ने अवस्था अब कम हुने निमित्त प्रमुख फुयाँलले बताए । रासस
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]