January 1st, 2017

सुरु भयो एनसीसी बैंकको एकीकृत कारोबार

चार वटा राष्ट्रिय स्तरका विकास बैंकलाई गाभेको नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकको एकीकृत कारोबार पुस १७ गते आइतबारदेखि सुरु भएको छ । एनसीसीले इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, सुप्रिम डेभलपमेन्ट बैंक, इन्टरनेशनल डेभलपमेन्ट बैंक र एपेक्स डेभलपमेन्टलाई गाभेर एकीकृत कारोबार सुरु गरेको हो । 

पाँच वटा संस्था गाभिएर बनेको एकीकृत संस्थाको चुक्तापुँजी चार अर्ब ६७ करोड ९० लाख रुपैयाँ पुगेको छ । बैंकका शाखा संख्या ९६ र कर्मचारी संख्या एक हजार २८ जना पुगेको छ भने बैंकको निक्षेप ५२ अर्व रुपैयाँ पुग्नेछ भने कर्जा ४४ अर्व रुपैयाँ पुगेको छ । 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]