December 27th, 2016

नेपाल क्लियरिङ हाउस र जनरल फाइनान्सबीच सम्झौता

बैंक वित्तीय संस्थाहरुलाई विद्युतीय चेक क्लियरिङ्ग (NCHL-ECC) प्रणालीमा आवद्ध गराउने क्रममा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले जनरल फाइनान्स लिमिटेडसंग विद्युतीय चेक क्लियरिङ्ग प्रणाली (NCHL-ECC) सेवा सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ । यस सम्झौता पत्रमा क्लियरिङ्ग हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधान र जनरल फाइनान्सका तर्फबाट उपप्रमुख कार्यकारी अधिकृत श्याम सुन्दर श्रेष्ठले हस्ताक्षर गरे । यस सम्झौताअनुसार क्लियरिङ्ग हाउसले जनरल फाइनान्सलाई विद्युतीय चेक क्लियरिङ्ग प्रणाली सेवा संचालनको लागि NCHL-ECC प्रणाली उपलब्ध गराउने छ ।

जनरल फाइनान्ससँगको यो सम्भौतासँगै विद्युतीय चेक क्लियरिङ्ग प्रणालीमा आवद्ध हुने बैंक/वित्तीय संस्थाहरुको संख्या ११० पुगेको छ । नेपाल क्लियरिङ्ग हाउसले उक्त प्रणालीमार्फत बैंक तथा वित्तीय संस्थाहरुका २,८०६ शाखाहरुबाट खिचिएका चेकहरु राफसाफ गराउँदै आएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]