December 15th, 2016

शाइन रेसुंगाको २७ प्रतिशत बोनस पारित

shineशाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्क लिमिटेडले आफ्ना सेयरधनीलाई २७ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकले हाल कायम चुक्तापुँजी एक अर्ब १० करोड २८ लाख ९२ हजार रुपैयाँको २७ प्रतिशतले हुन आउने २९ करोड ७७ लाख ८० हजार आठ सय रुपैयाँ बराबरको बोनस सेयर जारी गर्न लागेको हो । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट उक्त बोनस सेयर दिन लागेको हो । बैंकको आठौँ वार्षिक साधारणसभाले उक्त बोनस सेयर पारित गरिसकेको छ । बोनस वितरणपछि शाइन रेसुंगाको चुक्तापुँजी एक अर्ब ४० करोड छ लाख ७२ हजार आठ सय रुपैयाँ पुग्नेछ । 


 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]