December 3rd, 2016

हरेक क्षेत्रमा फड्को मार्दै चीन : प्रतिव्यक्ति आय आठ हजार डलर पुग्यो

yuanचीनको प्रतिव्यक्ति आय ८ हजार डलर पुगेको छ । चीनको केन्द्रीय मन्त्रिपरिषद्को सूचना कार्यालयले बिहीवार जारी गरेको स्वेतपत्रमा यस्तो देखिएको हो । उक्त स्वेतपत्र अनुसार विगत ३ दशकको अवधिमा उच्च आर्थिक वृद्धिदरका कारण त्यहाँको प्रतिव्यक्ति आय सो स्तरमा पुगेको हो । 

सो अवधिमा मानिसको जीवनस्तरमा उल्लेख्य सुधार आएको समेत प्रतिवेदनले देखाएको छ । सन् १९७८ मा २ सय डलर रहेको प्रतिव्यक्ति जीडीपी सन् २०१५ मा ८ हजार डलरमाथि उक्लिएको छ । सोही अवधिमा गरीबीको रेखामुनि रहेका ७० प्रतिशत अर्थात् ७० करोेड जनताको जीवस्तरमा समेत सुधार आएको स्वेतपत्रमा बताइएको छ । ३ दशकअघि शहरी क्षेत्रमा ३ सय ३४ दशमलव ४ युआन रहेको प्रतिव्यक्ति खर्चयोग्य आयसमेत गतवर्ष बढेर ३१ हजार १ सय ९५ युआनमा पुगेको छ । 

स्वेतपत्रअनुसार सोही अवधिमा ग्रामीण भेगमा प्रतिव्यक्ति खुद आय १ सय ३३ दशमलव ६ युआनबाट बढेर ११ हजार ४ सय २२ युआनमा पुगेको छ । सो अवधिमा जीवन प्रत्याशा, शिक्षाको स्तरलगायतका विषयमा समेत चीनले उल्लेख्य फड्को मारेको छ । एजेन्सी


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]