November 21st, 2016

एउटी महिलालाई प्रहरीले घुस ख्वाउन खोज्दा…

ic-notesभारतको राजधानी दिल्लीस्थित जहांगीपुरीमा टीटू नामका एक कबाडीबाट प्रहरीले झन्डै एक करोड भारतीय रुपैयाँ बरामद गर्यो । तर, यो रकमलाई सरकारी ढुकुटीमा जम्मा नगरेपछि यो विषय अहिले चर्चाको विषय बनिरहेको छ । कबाडीको घरमा भेटिएको शंकास्पद रकम सरकारलाई बुझाउनुको सट्टा प्रहरीले कालोधनको संज्ञा दिएका छन् । प्रहरीले यो रकम एक महिलाको उजुरीका आधारमा बरामद गरेको थियो । उजुरीकर्ता महिलाका अनुसार, प्रहरीले यस खबरलाई दबाउन खोजिरहेका छन् । यस खबरलाई लुकाउनका लागि आफूलार्ई प्रहरीले लाखौँ रुपैयाँ घुस समेत दिएको उक्त महिलाको आरोप छ । प्रहरीले महिलालाई दिएको रकम उनको घरमा नै पाइएको छ । महिलाले आफैँले उक्त रकम आफ्नो घरमा देखाएकी हुन् ।

वास्तवमा, जहांगीपुरीको यस घरमा बस्ने कबाडीले यो पैसा बोरामा बन्द गरिएको अवस्थामा भेटेको थियो । ठूला दरका भारतीय नोटमा प्रतिबन्द लगाएपछि कोही अन्जान मानिसले उक्त रकम फ्यालेर गएको थियो ।  पैसाले भरिएको बोरा भेटेपछि कबाडीले प्रहरीलाई खबर नगरी आफ्नो घरमा लिएर गएको थियो । छिमेकमा बस्ने यी महिलाले यसको बारेमा थाहा पाएपछि प्रहरीलाई खबर गरेकी थिइन् । खबर पाएपछि प्रहरीले कबाडीको घर गएर सबै रकम लगेको उक्त महिलाले बताएकी छिन् । तर, प्रहरीले उक्त रकम सरकारलाई बुझाएका छैनन् ।

यो घटना यहीँ सकिएन । प्रहरीले सरकारलाई बुझउनुपर्ने पैसा आफैँ राखेको खबर पाएपछि ती महिलाले पीसीआरलाई सबै घटना बेलिविस्तार लगाइन् । पीसीआरलाई खबर गरेर थाहा पाएर प्रहरीले उनलाई चौकीमा बोलाए । चौकीबाट उनलाई बाबू जगजीवन राम हस्पिटलमा लगियो र उनको मेडिकल जाँच गराइयो । त्यसपछि अर्को दिनको साँझसम्म उनलाई प्रहरी चौकीमा राखियो । चौकीमा रहँदा उनलाई एसएचओले धम्काए । त्यसपछि प्रहरीहरु मिलेर जबरजस्ती उनको हातमा नोटहरु थमाइदिए । मुख बन्द नगरे महिला प्रहरीद्धारा कुटाउने धम्की समेत प्रहरीहरुले दिए । 

यस विषयमा थप छानविन भइरहेको बताइएको छ । महिलाले झुट बोलेको हुन सक्ने आशंकाहरु पनि आइरहेको छ । यद्यपि, प्रहरीलाई कबाडीको घरबाट पैसा लैजाँदै गरेको उक्त महिलाबाहेक अरु व्यक्तिले पनि देखेको पाइएको छ । उक्त घटनाका प्रत्यक्षदर्शी भएको दाबी गर्नेहरुले पनि आफ्नो बयानमा प्रहरीले थैलोमा भरेर पैसा लगेको बताएका छन् । एजेन्सीको सहयोगमा


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]