November 21st, 2016

आशा लघुवित्तले एकै दिन विस्तार गर्यो दुई शाखा 

ashaआशा लघुवित्त वित्तीय संस्था लि.ले एकै दिन दुई वटा शाखा विस्तार गरेको छ । संस्थाले दाङको सिसहनिया र लक्ष्मीपुरमा आइतबार उक्त शाखाहरुको उद्घाटन गरेको हो । सिसहनिया – ५ मा स्थापित शाखा कार्यालयको उद्घाटन उद्योग बाणिज्य संघ सिसहनियाका अध्यक्ष पूर्ण बहादुर बुढाथोकीले गरे । त्यस्तै, उलक्ष्मीपुर–५ मा स्थापित शाखा कार्यालयको उद्घाटन स्थानीय समाजसेवी मोहन घिमिरेले गरे । 

स्थानीय संघ संस्थाका प्रतिनिधि तथा सेवाग्राहीहरुको समेत उपस्थिति रहेको थियो । उद्घाटन कार्यक्रममा विपन्न वर्गलाई आर्थिक क्रियाकलापहरुमा संलग्न गराई उनीहरुको जीवनस्तर उकास्ने उद्देश्यले शाखा विस्तार गरेको आशा लघुवित्तले जनाएको छ ।

नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको वित्तीय संस्थाका रुपमा स्वीकृति प्राप्त आशा लघुवित्त वित्तीय संस्थाले मदानपुर – ७, जुरेथुममा केन्द्रीय कार्यालय स्थापना गरी भाद्र १५ गतेबाट कारोबार शुरु गरेको हो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]