November 20th, 2016

आईएमई, ग्लोबल आईएमई र एलटीले गरे सञ्जय पण्डितलाई सम्मान

sanjay-pandits-cheque-handover-programअफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जरो र अष्ट्रेलियाको सर्वोच्च शिखर कोजियसको उल्टो हिँडेर आरोहण गर्ने किर्तिमानी विश्व आरोही संजय पण्डित सम्मानित भएका छन् । पण्डितलाई आईएमई लिमिटेड, ग्लोबल आईएमई बैंक लिमिटेड र अशोक लेल्याण्डको अधिकृत विक्रेता एलटी इन्टरप्राईजेजले संयुक्त रुपमा एक लाख रुपैयाँ नगदसहित सम्मान गरेका हुन् । 

सम्मान कार्यक्रममा संक्षिप्त मन्तब्य दिँदै अध्यक्ष ढकालले पण्डित सहासी व्यक्तित्व भएकाले सबैले उनको नेपाललाई विश्वमा चिनाउने अभियानलाई सक्दो सहयोग गर्नुपर्ने बताए । साथै, आगामी अभियानका लागि थप सफलताको कामना समेत गरे ।

सम्मान कार्यक्रममा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, प्रवन्ध निर्देशक हेमराज ढकाल, आईएमई अटोमोटिभ्सका निर्देशक सन्दिप अग्रवाल, ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवाली र आईएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखेरेलको उपस्थिती रहेको थियो ।

पण्डितले सर्वोच्च शिखर सगरमाथा, आठौँ ठूलो पर्वत मनास्लु, युरोपको सर्वोच्च शिखर एलब्रस र जापान तथा अमेरिकी सर्वोच्च शिखरको सफल आरोहण गरी सकेका छन् । उनी सर्वोच्च शिखर सगरमाथासहित अन्य सम्पूर्ण हिमालमा आईएमई लोगो अंकित झण्डा फहराउन सफल भएका छन् । पण्डित एन्ट्राटिकाको सर्वोच्च शिखर आरोहण गर्ने क्रममा छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]