November 15th, 2016

मान्छेलाई पैसाको लोभ : रुसी अर्थमन्त्री २० लाख डलर घुसहित पक्राउ

alexiभनिन्छ, मानिस स्वभावैले लोभी हुन्छ । मानिसको यो लोभी प्रवृत्तिले कहिले कहाँ लगेर फसाउँछ थाहा हुँदैन । लोभले लाभ, लाभले विलाप । रुसका अर्थमन्त्रीले यो भनाइलाई सावित गरिदिएका छन् । 

रुसका अर्थमन्त्री एलेक्सी उल्याकायेब पक्राउ घुस लिएको आरोपमा परेका छन् । रुसको भ्रष्टाचार विरोधी संस्था इन्भेष्टिगेटिभ कमिटीका अनुसार मन्त्री एलेक्सी एक तेल कम्पनिबाट २० लाख डलर घुस लिएको आरोपमा पक्राउ परेका हुन् । मन्त्री एलेक्सी घुससहित रंगेहात पक्राउ परेको कमिटीकी प्रवक्ता स्वतलाना पेट्रोनेकोवलाई उद्धृत गर्दै रुसी समाचार एजेन्सीले जनाएको छ । रोजेनफण्टले अर्को तेल कम्पनी बासेनफण्टको ५० प्रतिशत स्वामित्वका लागि स्वीकृति दिँदा अर्थमन्त्री एलेक्सीले धम्की दिएर घुस लिएको समाचारमा जनाइएको छ । 
 
मन्त्री एलेक्सीविरुद्ध छिट्टै मुद्दा दायर गरिने इन्भेष्टिगेटिभ कमिटीले जनाएको छ । यदि घुस लिएको आरोप प्रमाणित भएमा उनलाई आठदेखि १५ वर्षसम्म जेल सजाय हुनसक्ने छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]