November 13th, 2016

ग्लोबल आईएमईसहित ५ बैंकले अप्पर बलेफी “ए” मा ऋण लगानी गर्ने    

img_3717ग्लोबल आइएमई बैंक लि. तथा अन्य ४ वटा बैंकहरु र हुआनिङ्ग डेभलपमेन्ट प्रा.लि.वीच ३६ मेगावाटको अप्पर बलेफी “ए” जलविद्युत्त आयोजना निर्माणका लागि सहवित्तियकरण ऋण सम्झौता सम्पन्न भएको छ । जम्मा लागत ६.०८ अर्व रहेको उक्त आयोजनाको कुल लागतमध्ये ४.३५ अर्व रुपैयाँ बैंकहरुले ऋण प्रदान गर्नेछन् । ग्लोवल आइएमई बैंकको नेतृत्वमा सानीमा बैंक, एभरेष्ट बैंक, एस.वि.आई बैंक र एनआईडिसि विकास बैंकले उक्त आयोजनाको लागि ऋण प्रदान गर्नेछन् । 

काठमाण्डौ देखि ९५ किमी टाढा सिन्धुपाल्चोक जिल्लाको गोल्छे र गुम्वा गाविसमा अवस्थित उक्त आयोजनाको पावर हाउस गोल्छे गा.वि.समा निर्माण गरिनेछ । वि.स. २०७५ साल माघ महिनासम्ममा निर्माण सम्पन्न गर्ने अपेक्षा सहित उक्त सम्झौतामा हस्ताक्षर गरिएको हो । उक्त आयोजनाबाट उत्पादित ३६ मेगावाट विजुली सोही जिल्लामा रहेको लामोसाँघु सवस्टेसन मार्फत राष्ट्रिय प्रसारण लाईनमा जोडिने छ ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]