November 11th, 2016

प्रभु बैंकले कमायो २८ करोडभन्दा बढी नाफा : हेर्नुस् समग्र वित्तीय विवरण

prabhu bankप्रभु बैंक लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा २८ करोड २४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८ दशमलव ०४ प्रतिशतले बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा प्रभुले २६ करोड १७ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । 

५ अर्ब ८८ करोड रुपैयाँ चुक्ता पूँजी भएको बैंकले गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा निक्षेपमा ४२ दशमलव ९८ प्रतिशतले वृद्धि गरि ६५ अर्ब २९ करोड ६२ लाख रुपैयाँ संकलन गरेको छ । त्यस्तै, कर्जातर्फ ७२ दशमलव २८ प्रतिशत बढाएर ५१ अर्ब ७४ करोड ५६ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी ३६ दशमलव ०४ प्रतिशतले बढेर ४६ करोड ८२ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा २५ दशमलव १५ प्रतिशतले बढेर १९ करोड ९६ लाख रुपैयाँ पुगेको छ । 

बैंकले जगेडाकोषमा ५५ करोड ४७ लाख रुपैयाँ राखेको छ । बैंकको प्रोभिजनमा १० करोड रुपैयाँ नोगेटिभमा रहेको छ । तीन महिनामा प्रभुले ३३ करोड २१ लख रुपैयाँ खराबकर्जा उठाएको छ । असोज मसान्तसम्ममा बैंकको निष्कृय कर्जा १ दशमलब ८३ प्रतिशतले बढेर ७ दशमलव ५४ प्रतिशत पुगेको छ भने जोखिमयुक्त सम्पत्ती शुन्य दशमलव १५ प्रतिशतले घटेर १० दशमलव ५१ प्रतिशत पुगेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]