November 10th, 2016

गुडविल फाइनान्सले कमायो एक करोड १९ लाख नाफा

goodwill financeगुडविल फाइनान्स लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड १९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । फाइनान्सले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४८ दशमलव ५७ प्रतिशतले बढी नाफा कमाएको हो । गत आवको पहिलो त्रैमासमा गुडविलले ८० लाख रुपैयाँ नाफा कमाएको थियो ।

४५ करोड रुपैयाँ चुक्ता पुँजी भएको फाइनान्सले निक्षेपमा ९ दशमलव ८४ प्रतिशत वृद्धि गरी ३ अर्ब ७१ करोड ११ लाख रुपैयाँ संकलन गरेको छ । जसबाट, ३ अर्ब १२ करोड ३६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । फाइनान्सको खुद व्याज आम्दानी ११ दशमलव ६६ प्रतिशतले घटेर २ करोड ५५ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ७७ दशमलव ७३ प्रतिशतले घटेर २४ लाख रुपैयाँ पुगेको छ । 

फाइनान्सले प्रोभिजनमा १ करोड ८१ लख रुपैयाँ राखेको छ । फाइनान्सको निष्कृय कर्जा १ दशमलव ९८ प्रतिशत र जोखिमयुक्त सम्पत्ति १३ दशमलव ८२ प्रतिशत रहेको छ । यसको प्रतिशेयर आम्दानी वार्षिक १० दशमलव ५४ रुपैयाँ, मुल्य आम्दानीको अनुपात वार्षिक ३८ दशमलव ५१ गुणा, प्रतिशेयर नेटवर्थ १ सय २३ दशमलव ९७ रुपैयाँ र तरलता अनुपात ४३ दशमलव ८८ प्रतिशत रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]