November 6th, 2016

गरिमा विकास बैंकले कमायो चार करोड ६८ लाख मुनाफा

garimaगरिमा विकास बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ४ करोड ६८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६२ प्रतिशत अर्थात एक करोड ७६ लाख ४३ हजार रूपैयाँ बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा गरिमाले दुई करोड ९१ लाख ५९ हजार रूपैयाँ मात्र नाफा कमाएको थियो ।

१ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको सो बैंकको जगेडा कोषमा ५० करोड रुपैयाँ रहेको छ । बैंकले हालसम्म १२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १० अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ ।

२ करोड ७७ लाख रुपैयाँ प्रोभिजनमा राखेको बैंकको खराब कर्जा शुन्य दशमलव ६६ प्रतिशत पुगेको छ । बैंकको प्रति सेयर आम्दानी १७ रुपैयाँ ३३ पैसा छ । मुल्य आम्दनी अनुपात २०.५५ गुणा, प्रतिसेयर नेटवर्थ १४६.८९ रुपैयाँ रहेको छ । 

भरतपुरको चितवनमा केन्द्रीय कार्यालय रहेको शुभेच्छा विकास बैंक र पोखरामा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक एकआपसमा गाभिएर गरिमा विकास बैंक बनेको हो । बैंकले गत असोज ४ गतेदेखि एकिकृत कारोबार थालेको थियो । बैंकको नेप्सेमा कारोबार भने खुलेको छैन ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]