March 9th, 2016

यसरी भयो नेपालमा बैँकिङ सेवाको संस्थागत सुरुवात

bankingवि.सं.१९९४ कार्तिक ३० गतेका दिन राजा त्रिभुवनबाट नेपाल बैंकको उद्घघाटन भएको थियो । यसैबाट नेपालमा संस्थागत रूपमा बैंकिङ्ग सेवाको शुरुवात भएको थियो । बैंक स्थापना हुनु भन्दा पहिले सम्म सम्पूर्ण मौद्रिक कारोवारहरू निजी डिलर तथा व्यापारिक केन्द्रहरूबाट हुने गर्दथ्यो । उक्त समयमा नेपाल बैंकले ‘क’ वर्गको इजाजत प्राप्त गरी १२ जना कर्मचारी र रामशाहपथबाट एउटै कार्यालयबाट कारोबार सुरु गरेको थियो । 

nepal bankनेपालमा पहिलो पटक बैंक स्थापना अवसरमा बोल्दै तत्कालिन राणा प्रधानमन्त्री जुद्धशमशेरले राजा त्रिभुवनको आज्ञाले सम्पूर्ण देशको चाहाना अनुरूप गर्न लागिईरहेको यो कार्य मेरो लागि एकदम ठूलो अवसर हो भनेका थिए । योे भन्दा अघि नेपालमा कुनै बैंक खोल्न सकिएको थिएन । तसर्थ उक्त आवश्यकता पूरा गर्न नेपाल बैंक लिमिटेड नाममा नेपाल बैंक श्री ५ बाट उद्घाटन भएको थियो । यो क्षणलाई नेपाली बैंकिङ क्षेत्रको अत्यन्तै आनन्द तथा खुशीको क्षण मानिन्छ । स्थापना कालदेखि नै यस बैंकले धनि गरीब सबैलाई सेवा प्रदान गर्नुका साथै राष्ट्र निर्माणमा योगदान पु¥याउने उद्देश्य राखेको थियो । त्यस समयमा औपचारिक बैंकिङ्ग नयाँ अवधारणालाई धेरै कमले मात्र बुझेका थिए । भने धेरै कम मात्र बैंकप्रति विश्वस्त थिए । हकप्रद शेयर उठाउन र निक्षेप परिचालन गर्न त्यति सजिलो थिएन । जसको परिणामस्वरूप बैंकले २५ लाख रुपैयाँ मुल्यको हकप्रद शेयर निष्कासन गरेकोमा ८ लाख ४२ हजार रुपैयाँ मात्र उठाउन सफल भएको थियो । नेपालमा बैंक नहुनाले देशको आर्थिक समुन्नतिमा बाधा पुगिरहेको तथा जनतालाई असुविधा परिरहेकोले मुलुकको समुन्नति तथा जनतालाई सेवा पु¥याउने उद्देश्यका साथ यस बैंकको स्थापना एवं सञ्चालनको लागि यो कानून समेत जारी गरिएको बताईन्छ । बैंक स्थापनाको प्रथम वर्ष कुल निक्षेप १७ लाख २ हजार पच्चीस रुपैयाँ रहेकोमा चल्ती निक्षेप करिव १२ लाख ९८ हजार ८ सय ९८ रुपैयाँ मुद्दती निक्षेप,  ३ लाख ८८ हजार ९ सय ६४ रुपैयाँ तथा वचत निक्षेप १४ हजार १ सय ६३ रुपैयाँ रहेको थियो । प्रथम वर्षको अन्तमा, कर्जा प्रवाह तथा वक्यौता गरि जम्मा १९ लाख ८५ हजार रुपैयाँ रहेको थियो । नेपाल बैंक लिमिटेड स्थापनाकाल देखि नै सरकारी तथा निजी क्षेत्रको संयुक्त लगानीको बैंक हो । १०० रुपैयाँ परल मुल्यका २५०० हकप्रद शेयरहरू मध्ये ४० प्रतिशत शेयरमा सरकारको लगानी थियो भने बाँकी ६० प्रतिशत शेयर निजी क्षेत्रलाई बिक्रीको लागि छुट्टयाईएको थियो । बैंक सञ्चालनको सुरुमा केवल १० जना शेयरधनीहरू मात्र रहेका थिए । यो बैंक नेपाल सरकार तथा निजी लगानीकर्ताहरूको संयुक्त लगानीमा स्थापना भएको हो । 

nepal-rastra-bankनेपाल बैंक स्थापना भएको १९ बर्षको अन्तरालपछि वि.सं. २०१३ सालमा नेपाल राष्ट्र बैंकको स्थापना भयो । त्यसपछि बैंकिङ क्षेत्रको विस्तार हुने क्रम बढ्दै गयो । वि.स २०१६ सालमा नेपाल औद्योगिक विकास निगमको स्थापना भयो भने २०२२ सालमा स्थापित राष्ट्रिय वाणिज्य बैंक र २०२४ सालमा स्थापित कृषि विकास बैंकले बैंकिङ क्षेत्रको विकासको क्रममा महत्वपूर्ण इतिहास कायम गर्न सफल भए । यसै क्रममा बैंकिङ क्षेत्रलाई थप व्यवस्थित र प्रभावकारी ढंगबाट सुचारु गर्नको लागि नेपाल राष्ट्र बैंकको ऐन २०१२ खारेज गरी आएको नेपाल राष्ट्र बैंक ऐन २०५८ ले बैंकिङ क्षेत्रको इतिहासमा नयाँ आयाम ल्याएको छ । यसरी २०४० को दशकको उदारवादी सोचले नेपालको बैंकिङ क्षेत्रमा ल्याएको चेतना र विकास अतुलनीय बन्न गयो । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]