October 27th, 2016

बैंकिङमा मजबुत रहेका ११ मुलुकहरु

केही समययता विभिन्न मुलुकका ठूला ठूला बैँकहरुबाट रकम चोरी भएका खबरहरु आइरहेका छन् । बंगलादेशको केन्द्रिय बैँकबाट रकम चोरी भएको केही दिनमै त्यहाँका वाणिज्य बैँकहरुबाट पनि रकम गायब भए । जापान, अफ्रिका लगायतका बैँकहरुमा पनि यसरी नै चोरी भएको खबर एकपछि अर्को गर्दै आइरहेको छ । अन्तर्रा्िष्ट्रय रुपमै सक्रिय ह्याकर समूह यस कार्यमा संलग्न रहेको बताइँदै आएको छ । चोरहरुले नक्कली कार्ड प्रयोग गरेर एटीएमहरुबाट पैसा निकाल्ने गरेको बताइएको छ । कडा सुरक्षाको बाबजुद पनि यसरी बैँकहरुमा राखिएको पैसा क्षणभरमै गायब हुन थालेपछि उपभोक्ताहरुमा पनि एकाएक त्रास पैदा भएको अवस्था छ । यस्तो अवस्था संसारभर नै रहेको छ । सूचना र प्रविधिको द्रुततर विकाससँगै अपनाइएका विभिन्न सुरक्षाका उपायहरुबिच पनि यसरी चोरी हुनुलाई सशंकित तवरले हेरिएको छ । यस्तो अवस्थामा मानिसहरुमा जहाँ राखेपनि आफ्नो सम्पत्ति सुरक्षित नभएको भान परेको हुन सक्छ । यो स्वभाविक पनि हो । यद्यपि, संसारमा कतिपय यस्ता मुलुकहरु छन्, जहाँको बैँकिङ प्रणालीमा अपनाइएको सुरक्षा संसारभर नै चर्चित छ । यसैबिच, बैँकिङ खबर डटकमले कुन मुलुकका बैँकहरु सबैभन्दा सुरक्षित हुन्छन् भन्ने विषयमा खोजमूलक सामग्री तयार पारेको छ । हेर्नुस्, सुरक्षित बैँकिङ प्रणालीमा अब्बल मानिएका ११ मुलुकहरु :

११. चेज रिपब्लिक
चेज रिपब्लिकको बैँकिङ क्षेत्रमाथि विदेशीहरुको शासन छ । तर पनि उपभोक्ताहरुले रकम जम्म गर्ने हकमा यहाँ बैँकहरु एकदमै सुरक्षित मानिन्छन् । 

१०. स्विट्जरल्याण्ड
सुरक्षाको हिसाबले स्विट्जरल्याण्डका बैँकहरु १० नम्बरमा पर्छन् । यद्यपि, पछिल्लो समय सुरक्षा प्रणालीको दुरुपयोग भएका समाचारहरुका कारण स्विस बैँकहरुप्रति उपभोक्तको विश्वास गुम्दै गइरहेको पाइन्छ ।

९. सोभाकिया
चेज रिपब्लिकमा जस्तै सोभाकियाका बैँकहरुमाथि पनि विदेशीहरुकै शासन छ । विशेषतः अष्ट्रेलियन र इटालीहरु यहाँ प्रमुख खेलाडीहरु हुन् । यहाँका ९० प्रतिशत बैँकहरु विदेशीकै लगानीमा छन् । यहाँको सुरक्षित बैँकिङ प्रणालीका कारण लगानीकर्ता मात्रै हैन उपभोक्ता पनि यहाँका बैँकहरुप्रति लालायित छन् । 

८. इजरायल
इजरायलमा सन् १९८३ देखि यता वित्तीय संकट देखिएको छैन । जसले गर्दा सरकारले पनि एकदमै चासो दिएर बैँकहरुमा लगानी गर्ने गर्दछ । इजरायलका थुप्रै निजी बैँकहरुमा राज्यको शेयर रहेको छ ।

७. लक्जम्बर्ग
आर्थिक क्षेत्रको विकास हिसाबले चर्चित मुलुक लक्जम्बर्गको बैँकिङ प्रणाली पनि चर्चित छ । यहाँका बैँकहरु एकदमै सुरक्षित र विश्वासिलो मानिन्छन् ।

६. चिली
संकटको पनि सकारात्मक असर देखिने एक पृथक उदाहरण हो चिलीको वित्तीय क्षेत्र । सन् १९८२ मा चिलीको आर्थिक वृद्धि १३ प्रतिशतले झरेको थियो । वित्तीय संकटले नै सो अवस्था निम्त्याएको थियो । हाल, वित्तीय क्षेत्रमा एकदमै अब्बल मुलुकका रुपमा गनिन्छ चिली । यसकारण यहाँको बैँकहरुमा लगानी गर्नु एकदमै सुरक्षित र सही निर्णय हुन सक्छ ।

५. नर्वे
सन् १९९१ मा नर्वेमा ठूलो वित्तीय संकट देखा परेको थियो । यसको सुधार तथा स्थिरता कायम गर्नका लागि कानुन नै परिवर्तन गर्यो । जसपश्चात् यहाँको वित्तीय अवस्था एकदमै मजबुद भएर आयो । हाल नर्वेको बैँकिङ प्रणालीलाई विश्वकै नौवौँ उत्कृष्टमा राखिएको छ । 

४. फिनल्याण्ड
सहकारी र सेभिङ बैँकहरुको प्रभुत्व रहेको छ । यसले केही जोखिम छ कि भन्ने भान पर्ने भएता पनि यहाँको बैँकिङ प्रणाली सुरक्षित मानिन्छ ।

३. अष्ट्रेलिया
अष्ट्रेलिषका चार वटा प्रमुख बैँकहरुले त्यहाँको बैँकिङ सेक्टरलाई नै विभाजन गरेको छ । त्यहाँका विदेशी बैँकहरुको नियमन एकदमै कडा रहेको छ । यसले गर्दा अष्ट्रेलियाको बैँकिङ प्रणाली एकदमै सुरक्षित मानिन्छ । 

२. न्युजिल्याण्ड
सुरक्षाका हिसाबले दोस्रो नम्बरमा रहेको छ न्युजिल्याण्डको बैँकिङ क्षेत्र । यहाँको बैँकिङ क्षेत्रमा पाँच वटा वित्तीय खेलाडीहरुको प्रभुत्व रहेको छ । थोरै प्रतिष्पर्धा र राम्रो आम्दानी तथा वृद्धिका बिच यहाँको बैँकिङ क्षेत्रले निकै प्रगति गरिरहेको छ । 

१. क्यानडा
क्यानडाका बैँकहरु लामो समयदेखि स्थिरताको उदाहरणकै रुपमा रहे । विगत १ सय वर्षमा यहाँका २ वटा साना क्षत्रिय बैँकहरु बाहेक अन्य बैँकहरु असफल भएका छैनन् । सन् १९३० को ठूलो संकटपछि आजसम्म क्यानडाका कुनै पनि बैँकहरु असफल भएका छैनन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]