October 21st, 2016

मर्चेन्ट बैंकरलाई अनुमति दिने कार्य किन रोक्यो सेबोनले ?

dhitopatraनेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) लाई अनुमतिपत्र दिने कार्य स्थगित गरेको छ । शुक्रबार प्रेस विज्ञप्ती जारी गर्दै बोर्डले मर्चेन्ट बैंकरको अनुमतिपत्रका लागि आवेदन लिने कार्य स्थगित गरिएको जानकारी गराएको हो । बोर्डद्धारा जारी विज्ञप्तीमा भनिएको छ, ‘हाल बोर्डवाट १९ वटा संगठित संस्थाहरुले धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) को अनुमतिपत्र प्राप्त गरी कार्यरत रहेको साथै दश वटा संगठित संस्थाहरुले अनुमतिपत्रका लागि बोर्डको प्रक्रियामा प्रवेश भैसकेको अवस्था रहेको छ । यसरी १९ वटा मर्चेन्ट बैंकर कार्यरत रहेको एवं थप दश वटा संगठित संस्थाहरु प्रक्रियामा रहेको परिप्रेक्ष्य, विद्यमान बजारमा वैंक तथा वित्तीय संस्था र बीमा सम्वन्धी संस्थाहरुको वाहुल्यता रहेकोमा हाल वैंक तथा वित्तीय संस्था तथा बीमा सम्वन्धी संस्थाहरुको अनुमतिपत्र प्रदान गर्ने प्रक्रिया स्थगित भएको छ । मर्चेन्ट बैंकरहरुले वहन गर्ने जिम्मेवारी तथा लिने जोखिम, करिव दश वर्ष अगाडिको पूँजी सम्वन्धी व्यवस्था, पूर्वाधार व्यवस्था, व्यवसायिक क्षेत्रको विस्तार आदिको सम्वन्धमा अध्ययन गरी मर्चेन्ट वैकिङ्ग व्यवसायको दायरा वढाउने, पूर्वाधार व्यवस्था सुदृढ गरी सेवाको स्तर वृद्धि गर्ने जस्ता उद्देश्यले मर्चेन्ट बैकिङ्ग सम्वन्धी नियमावली संशोधन प्रक्रिया अगाडि वढाईएको परिस्थितिलाई मध्यनजर गर्दै हाल बोर्डको प्रक्रियामा प्रवेश भैसकेका आवेदनहरुलाई विद्यमान नियमावलीको व्यवस्था अनुसार अनुमतिपत्रको लागि कार्य अगाडि वढाउने र नयाँ आवेदन दर्ता गर्ने सम्वन्धमा मर्चेन्ट वैकिङ्ग सम्वन्धी नियमावली संशोधन नभईन्जेलसम्म आवेदन लिने कार्य स्थगित गरिएको छ ।’


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]