October 21st, 2016

तीन महिनामा एनआईसी एसिया बैंकले कमायो २६ करोड मुनाफा

nic asiaएनआईसी एशिया बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७३/७४ को पहिलो त्रैमासमा २६ करोड १० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले नाफामा गत वर्षको सोही अवधिको तुलनामा ६६ दशमलव २४ प्रतिशतले बढोत्तरी गरेको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले १५ करोड ७३ लाख रुपैयाँ नाफा कमाएको थियो ।

५ अर्ब ८१ करोड ९६ लाख रुपैयाँ चुक्ता पूँजी भएको एनआईसी एशिया बैंकको जगेडाकोषमा २ अर्ब १८ करोड ७५ लाख रुपैयाँ रहेको । यो अवधिमा बैंकको निक्षेप ३४ दशमलव ५९ प्रतिशतले बढेर ७२ अर्ब ४७ करोड ८७ लाख रुपैयाँ संकलन भएको छ भने कर्जातर्फ ३७ दशमलव ९० प्रतिशतले बढेर ६१ अर्ब १ करोड ४३ लाख रुपैयाँ लगानी भएको छ । 

बैंकको खुद व्याज आम्दानी ५० दशमलव १३ प्रतिशतले बढेर ५६ करोड रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ७९ दशमलव १२ प्रतिशतले बढेर ३२ करोड ६१ लाख रुपैयाँ पुगेको छ । बैंकले प्रोभिजनमा ९ करोड ३ लाख रुपैयाँ राखेको छ । यो अवधिमा बैंकले ५ करोड ८ लाख रुपैयाँ खराबकर्जा उठाएको छ ।

बैंकको जोखिम युक्त सम्पति १२ दशमलव ५५ प्रतिशत रहेको छ भने निष्कृय कर्जा शुन्य दशमलव ९० प्रतिशत रहेको छ । बैंकको प्रतिशेयर आम्दानी १७ दशमलव ९ रुपैयाँ, मूल्य आम्दानीको अनुपात ३६ दशलमव ७८ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ३७ दशमलव ५९ रुपैयाँ र तरलता अनुपात २४ दशमल ४९ प्रतिशत रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]