September 22nd, 2016

ग्लोबल आइएमई बैंकका थप २ शाखारहित बैंकिङ्ग सेवा कैलालीमा 

imageग्लोबल आइएमई बैंकले  सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमको सहकार्यमा कैलाली जिल्लामा थप २ वटा शाखा रहित बैंकिङ्ग सेवा सुरु गरेको छ । बैंकले कैलाली जिल्लाको ओलानी गा.वि.स. वडा नं ६ गोदावरी र सोल्टा गा.वि.स वडा नं. ७ सुगारखालमा सेवा सुरु गरेको हो । यि दुवै सेवाको ग्लोबल आइएमई बैंकका बजार व्यवस्थापन एंव व्यवसाय प्रर्वद्धन विभाग प्रमुख प्रसन्न बाँस्कोटाले व्यवसायीक प्रतिनिधिलाई प्रमाणपत्र तथा मसिन हस्तान्तरण गरेर उद्घाटन गरेका छन् । बैंकले ओलानी गा.वि.स.मा सुरु गरेको सेवा सञ्चालनका लागि स्थानिय नविन बहादुर सिंह र सोल्टा गा.वि.स मा गरेको सेवाको लागि स्थानिय हिरा देवि जैसीलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरेको छ ।

बैंकिङ्ग सेवा उपभोग गर्न टाढा सम्म धाउनुपर्ने बाध्यतालाई मध्यनजर गर्दै ग्लोबल आइएमई बैंकले शाखारहित बैंकिङ्ग सेवा सञ्चालन गरेपछि स्थानिय बासिन्दाले घरदैलोबाटै सेवा उपभोग गर्न पाएकोमा खुसी व्यक्त गरेका छन् । कैलालीमा सुरु गरिएका २ सेवा सहित ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ४४ पुगेको छ । 

ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ्ग सेवामा पैसा जम्मा गर्नेे, भुक्तानी गर्ने, मोवाईल रिर्चाज गर्ने तथा आफ्नो खाताबाट अरुको खातामा पैसा ट्रान्सफर गर्ने लागायतका सुबिधा रहेका छन् । ग्लोबल आइएमई बैंकले बैंकिङ्ग सेवा पुग्न नसकेका स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवाको माध्यमबाट आधारभुत बंैकिङ्ग सेवा पुर्याउदै आएको छ । यस संगै ग्लोबल आइएमई बैंकका ९१ शाखा, १०३ एटिएम र ४४ शाखारहित बैंकिङ्ग सेवा पुगेका छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]