September 22nd, 2016

मेरो माइक्रोफाइनान्सले थप्यो १५ शाखा : सात महिलालाई विनाधितो कर्जा 

mero-2मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लि. ले स्थापनाको तेस्रो र चौथो वर्षमा गरी थप १५ शाखाबाट कारोबार शुरु गरेको छ । गत भदौ २९ गते सल्यानको कपुरकोट शाखाबाट ७ जना महिलालाई बिनाधितो बिपन्न वर्ग कर्जा लगानी गरी प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले कारोबारको औपचारिक शुरुवात गरेका थिए । meroप्रमुख कार्यकारी दाहालले रुकुमको मुसीकोट, रोल्पाको लिवाङ्ग लगायतका शाखाहरु भ्रमण गरी शाखा उदघाटन तथा औपचारिक कारोबार शुरु गरेका थिए । 

शाखा उघाटनका क्रममा प्रमेख कार्यकारी दाहालले आफू ग्राहकमुखी सेवा र कर्मचारी मैत्री प्रशासनमा विश्वास गर्ने बताउँदै सफल हुनका लागि कर्मचारीहरु कर्तव्यनिष्ठ, अनुशासित, बफादार र निरन्तर लगनशील भई लाग्नुपर्ने कुरामा जोड दिए । संस्थाले पनि कर्मचारीहरुलाई समाजमा गुणस्तरिय सेवा दिनसक्ने गरी क्षमता अभिबृद्धि गर्दै जाने योजना रहेको र यसै क्रममा कर्मचारी तालिमहरु संचालन समेत भइरहेको समेत उनले जानकारी गराए ।  

mero-1संस्थाले सुदुरपश्चिमका डोल्पा र अछाम लगायत पश्चिमका सुर्खेत, रोल्पा, रुकुम, सल्यान, प्युठान, गुल्मी, पाल्पा, स्याङ्गजा, लमजुङ्ग र गोरखा जिल्लामा एक एक वटा शाखा कार्यालयहरु मार्फत कार्यक्रम संचालन गरी कारोबार शुरु गरेको हो । त्यसैगरी मध्यमाञ्चलको रसुवा र बारा तथा पूर्वको धनकुटामा पनि एक एक वटा शाखा कार्यालयहरु स्थापना गरी कारोबार शुरु गरेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]