August 27th, 2017

२८ वाणिज्य बैंकहरु : कसले कति कमाए ? (रिपोर्टसहित)

रुपा कोइराला । गत आर्थिक वर्षमा कुमारी बैंकबाहेक सबै वाणिज्य बैंकको नाफा बढेको छ । २३ वटा बैंकहरु अर्बपति बनेका छन् । जसमध्ये, पाँच वटा बैंक यसपालीदेखि अर्वपति क्लबमा प्रवेश गरेका हुन् । अर्वपति बन्न नसकेका बैंकहरु कुमारी, जनता, मेगा, सेञ्चुरी र सिभिल बैंक हुन् । चार वटा बैंकले भने तीन अर्बभन्दा बढी नाफा कमाएका छन् । सबैभन्दा धेरै नाफा नविलले कमाएको छ भने नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र राष्ट्रिय वाणिज्य बैंकको नाफा पनि तीन अर्ब नाघेको छ । समग्रमा, २८ वटै वाणिज्य बैंकहरुको वित्तीय विवरण यहाँ प्रस्तुत गरिन्छ :

नबिल बैंक लिमिटेड
नबिल बैंक लिमिटेडले गत आर्थिक वर्षमा कमालको प्रगति गरेको छ । खुद मुनाफामा अघिल्लो आर्थिक वर्षको तुलनामा २८ दशमलव ४२ प्रतिशत वृद्धि गरेर बैंकले तीन अर्ब ६२ करोड आठ लाख रुपैयाँ कमाएको छ । अघिल्लो वर्ष नविलले दुई अर्ब ८१ करोड ९३ लाख रुपैयाँ कमाएको थियो । छ अर्ब १८ करोड रुपैयाँ चुक्ता पुँजी भएको बैंकले जगेडाकोषमा नौ अर्ब तीन करोड तीन लाख रुपैयाँ राखेको छ । बैंकले निक्षेपमा अघिल्लो वर्षको तुलनामा ७ दशमलव २७ प्रतिशतले वृद्धि गरी एक खर्ब १८ अर्ब ८९ करोड ६१ लाख रुपैयाँ संकलन गरेको छ । जसबाट बैंकले कर्जामा १८ दशमलव १८ प्रतिशतले वृद्धि गरी ९१ अर्ब ४९ लाख रुपैयाँ लगानी गरेकोे छ । बैंकको खुद व्याज आम्दानी २६ दशमलव २१ प्रतिशतले बढेर पाँच अर्ब ४५ करोड ९५ लाख रुपैयाँ पुगेको छ । त्यसैगरी बैंकको सञ्चालन मुनाफा २५ दशमलव ७८ प्रतिशतले बढेर पाँच अर्ब ४६ करोड ४५ लाख रुपैयाँ पुगेको छ । बैंकले प्रोभिजनमा एक करोड ९३ लाख रुपैयाँ राखेको छ भने चार करोड २९ लाख रुपैयाँ खराब कर्जा उठाएको छ । असार मसान्तसम्ममा नविल बैंकको प्रतिसेयर आम्दानी वार्षिक ५८ दशमलव ५४ रुपैयाँ, मुल्य आम्दानीेको अनुपात २६ दशमलव ०२ गुणा, प्रतिसेयर नेटवर्थ दुई सय ४६ रुपैयाँ र तरलत अनुपात २५ दशमलव ८४ प्रतिशत रहेको छ । त्यस्तै, बैंकको पुँजीकोष अनुपात १ दशमलव ६१ प्रतिशतले बढेर १३ दशमलव ३४ प्रतिशत रहेको छ भने निष्कृय कर्जा शुन्य दशमलव ३५ प्रतिशतले घटेर १ दशमलव १४ प्रतिशत कायम भएको छ ।

नेपाल बैंक लिमिटेड
नेपाल बैंक लिमिटेडले गत आर्थिक वर्षमाा तीन अर्ब २१ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा ११.६७ प्रतिशत बढी नाफा कमाएको हो । अघिल्लो वर्ष नेपाल बैंकले दुई अर्ब ८८ करोड खुद मुनाफा आर्जन गरेको थियो । बैंकको चुक्ता पुँजी आठ अर्ब चार करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको मध्यसम्ममा ऋणत्मक रहेको नेपाल बैंकको जगेडाकोष तीन अर्ब ५१ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षमा मात्रै बैंकले जगेडाकोषमा तीन अर्ब २६ करोड रुपैयाँ थप गरेको हो । यो अवधिमा नेपाल बैंकले ९३ अर्ब ९४ करोड रुपैयाँ निक्षेप संकलन गरेर ७४ अर्ब ३७ करोड रुपैयाँ कर्जा तथा १२ अर्ब १६ करोड लगानी गरेको छ । ब्याज आम्दानीबाटै सात अर्ब ५६ करोड रुपैयाँ कमाएको बैंकले एक अर्ब ७२ करोड रुपैयाँ ब्याज खर्च गरेको छ । असार मसान्तसम्ममा नेपाल बैंकको खराव कर्जा ३ दशमलव १७ प्रतिशत, प्रतिसेयर आम्दानी ४० रुपैयाँ ३ पैसा तथा प्रति सेयर नेटवर्थ १४३ रुपैयाँ ६५ पैसा रहेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षमा तीन अर्ब १६ करोड ६९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा २३.८८ प्रतिशत बढी नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षमा नेपाल इन्भेष्टमेन्ट बैंकले दुई अर्ब ५५ करोड आठ लाख ८४ हजार रुपैयाँ नाफा कमाएको थियो । हाल इन्भेष्टमेन्टको चुक्ता पुँजी नौ अर्ब २४ करोड ३ लाख ७९ हजार रुपैयाँ छ । बैंकको रिजर्भ कोषमा पनि ३५.६४५ वृद्धि भएर ११ अर्ब ७८ करोड १ लाख ७९ हजार रुपैयाँ पुगेको छ । इन्भेष्टमेन्ट बैंकले १ खर्ब २५ अर्ब ६६ करोड ९३ लाख ५५ हजार रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ६ अर्ब ६८ करोड ३८ लाख ७७ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो वर्षको तुलनामा बैंकको निक्षेप १५.६९५ र कर्जा लगानी २२.६१५ धेरै हो । बैंकको खुद ब्याज आम्दानी पनि २२.०१५ वृद्धि गरेर ४ अर्ब ७८ करोड ४१ लाख ४७ हजार रुपैयाँ पुगेको छ । खुद ब्याज आम्दानी अघिल्लो वर्ष ३ अर्ब ९२ करोड ११ लाख ५ हजार रुपैयाँमात्र थियो । बैंकले यो त्रैमाससम्ममा ९ करोड ६१ लाख २० हजार रुपैयाँ राइट ब्याक गरेको छ । इन्भेष्टमेन्टको कर्जा निक्षेप अनुपात ७७.६३ प्रतिशत छ । बैंकको खराब कर्जा ०.६८ प्रतिशतबाट ०.८३ प्रतिशत पुगेको छ भने कस्ट अफ फन्ड पनि २.६५ प्रतिशतबाट बढेर ५.८४ प्रतिशत पुगेको छ । इक्विटीमा प्रतिफल १५.०३ प्रतिशत छ । बैंकको प्रतिसेयर आम्दानी ३४ रुपैयाँ २० पैसा र प्रतिसेयर नेटवर्थ २२७ रुपैयाँ ४९ पैसा छ । अघिल्लो वर्षको तुलनामा प्रतिसेयर आम्दानी र नेटवर्थ दुवै वृद्धि भएको हो । अघिल्लो वर्ष बैंकको प्रतिसेयर आम्दानी २९ रुपैयाँ ३० पैसा र नेटवर्थ १८७ रुपैयाँ ७ पैसा थियो ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले गत आर्थिक वर्षमा तीन अर्ब आठ करोड २६ लाख ६० हजार रुपैंया खुद मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा ३०.९१ प्रतिशत बढी नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षमा राष्ट्रिय वाणिज्य बैंकले दुई अर्ब ३५ करोड ५२ लाख ८८ हजार रुपैंया खुद नाफा गरेको थियो । यससँगै, वाणिज्य बैंकहरुमा अधिक खुद नाफा कमाउनेको सूचीमा वाणिज्य बैंक चौथो स्थानमा परेको छ । धेरै नाफा कमाउने बैंकहरुको पहिलो, दोस्रो र तेस्रो स्थानमा क्रमशः नबिल बैंक, नेपाल बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक रहेका छन् । चुक्ता पूँजी आठ अर्ब ५८ करोड ८९ लाख ७२ हजार रुपैंया रहेको बैंकको जगेडा कोषमा तीन अर्ब ११ करोड ३८ लाख २४ हजार रुपैंया सञ्चित छ । बैंकले निक्षेप एक खर्ब ४६ अर्बबाट बढाएर एक खर्ब ५३ अर्ब ५७ करोड ५९ लाख ८७ हजार पुर्याएको छ । कर्जातर्फ पनि ८५ अर्बबाट बढोत्तरी गरेर एक खर्ब छ अर्ब ४३ करोड १३ लाख ५१ हजार रुपैयाँ लगानी गरेको छ । बैंकले खुद ब्याज आम्दानीमा पनि २५.७५ प्रतिशतले बढोत्तरी गरेर छ अर्ब ९७ करोड ९१ लाख ६३ हजार रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्ष बैंकले पाँच अर्ब ५४ करोड ९९ लाख २७ हजार खुद ब्याज आम्दानी गरेको थियो । सम्भावित जोखिमका लागि एक अर्ब ३८ करोड ७९ लाख ९० हजार रुपैयाँ छुट्याएको यो बैंकले एक अर्ब २१ करोड ३१ लख २१ हजार रुपैयाँ राइट ब्याक गर्न सफल भएको छ । अघिल्लो वर्ष ४.२५ प्रतिशत रहेको बैंकको खराब कर्जा यो त्रैमाससम्म आइपुग्दा घटेर २.३५ प्रतिशत हुन पुगेको छ । बैंकको कर्जा निक्षेप अनुपात ५८.४६ प्रतिशतबाट बढेर ६९.३० प्रतिशत पुगेको छ । 

कृषि विकास बैंक लिमिटेड
कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्षमा दुई अर्ब ७७ करोड ६७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा १२ दशमलव ६५ प्रतिशत बढी नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षमा कृषि विकास बैंकले दुई अर्ब ४६ करोड ४६ लाख रुपैयाँ मुनाफा कमाएको थियो । १२ अर्ब ५२ करोड तीन लाख रुपैयाँ चुक्ता पूँजी बैंकले जगेडाकोषमा नौ अर्ब ८८ करोड ८० लाख रुपैयाँ राखेको छ । निक्षेपमा १३ दशमलव ७९ प्रतिशत वृद्धि गरी ९९ अर्ब ९५ करोड २० लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा ११ दशमलव ३९ प्रतिशतले वृद्धि गरी ८८ अर्ब २९ करोड ७५ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी १३ दशमलव ४६ प्रतिशतले बढेर सात अर्ब १० करोड ४० लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ३० प्रतिशतले बढेर दुई अर्ब ८५ करोड २७ लाख रुपैयाँ पुगेको छ । बैंकले प्रोभिजनमा एक अर्ब १८ करोड ९५ लाख रुपैयाँ राखेको छ भने ६९ करोड ६८ लाख रुपैयाँ खराबकर्जा उठाएको छ । असार मसान्तसम्ममा बैंकको पूँजीकोष अनुपात शुन्य दशमलव ३१ प्रतिशतले बढेर १७ दशमलव ४७ प्रतिशत पुगेको छ भने निष्कृय कर्जा एक दशमलव ३९ प्रतिशतले घटेर दुई दशमलव ९७ प्रतिशत कायम भएको छ । त्यस्तै, बैंकको प्रतिसेयर आम्दानी ३४ दशमलव ५८ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १२ दशमलव ५८ गुणा, प्रतिसेयर नेटवर्थ दुई सय ३४ दशमलव ९१ रुपैयाँ र तरलता अनुपात ३१ दशमलव १८ प्रतिशत रहेको छ ।

हिमालयन बैंक लिमिटेड
हिमालयन बैंक लिमिटेडले गत आर्थिक वर्षमा दुई अर्ब १७ करोड ६४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको तुलनामा १२ दशमलव ४५ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षमा जनताले एक अर्ब ९३ करोड ५९ लाख रुपैयाँ नाफा कमाएको थियो । ६ अर्ब ४९ करोड १६ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैकले जगेडाकोषमा ५ अर्ब २७ करोड ४४ लाख रुपैयाँ राखेको छ । बैंकको निक्षेपमा ५ दशमलव ७४ प्रतिशतले वृद्धि गरि ९२ अर्ब ८८ करोड ११ लाख रुपैयाँ संकलन गरेको छ । जसबाट कर्जामा ७७ अर्ब ६५ करोड ४९ लाख रुपैयाँ लगानी गरेको छ । जुन गत वर्षको तुलनाभन्दा १४ दशमलव ९२ प्रतिशतले वृद्धि हो । त्यस्तै खुद व्याज आम्दानी ९ दशमलव १० प्रतिशतले बढेर ३ अर्ब ७६ करोड ३४ लाख रुपैयाँ पुगेको छ । सञ्चालन मुनाफा ८ दशमलव ४४ प्रतिशतले बढेर २ अर्ब ४९ करोड ११ लाख रुपैयाँ पुर्याएको छ । बैंकले प्राभिजनमा ८१ करोड ७३ लाख रुपैयाँ राखेको छ भने खराबकर्जा ९१ करोड ५२ लाख रुपैयाँ उठाएको छ । बैंकको प्रतिसेयर आम्दानी ३३ दशमलव ५३ रुपैयाँ, मुल्य आम्दानीेको अनुपात २६ दशमलव ४३ गुणा, प्रतिसेयर नेटवर्थ १ सय ८१ दशमलव २५ रुपैयाँ र तरलता अनुपात २६ दशमलव ६४ प्रतिशत रहेको छ । निष्कृय कर्जातर्फ शुन्य दशमलव ३६ प्रतिशतले घटेर शुन्य दशमलव ८७ प्रतिशत पुगेको छ भने पूँजीकोष अनुपात १ दशमलव ३९ प्रतिशतले बढेर १२ दशमलव २३ प्रतिशत रहेको छ ।

ग्लोबल आईएमई बैंक लिमिटेड
गत आर्थिक वर्षमा ग्लोबल आईएमई बैंक लिमिटेडको नाफा दुई अर्ब नाघेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा झन्डै ७० अर्ब बढी नाफा कमाएको हो । अघिल्लो वर्ष पहिलोपटक अर्बपति क्लबमा प्रवेश गरेको बैंकको नाफा गत आर्थिक वर्षमा दुई अर्ब छ करोड रुपैयाँ पुगेको छ । सो अवधिमा बैंकले एक खर्ब एक अर्ब रुपैयाँ निक्षेप संकलन गरी ८१ अर्ब १७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्ष बैंकले ३ अर्ब ६४ करोड रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । जुन अघिल्लो वर्षकोभन्दा ७६ अर्ब रुपैयाँले बढी हो । त्यस्तै गत वर्ष बैंकले संभावित जोखिम व्यवस्थाका लागि छुटइएको रकममध्ये ३९ करोड रुपैयाँ फिर्ता (राइटब्याक) गरेको छ । त्यसैगरी, विदेशी मुद्राको कारोबारबाट बैंकले २८ करोड रुपैयाँ आम्दानी गरेकोछ भने फि एण्ड कमिशनबाट ४१ करोड रुपैयाँ कमाएको छ । बैंकले संभावित जोखिमको व्यवस्थापन गर्न ३६ करोड ६६ लाख रुपैयाँ छुट्याएको छ । बैंकले प्रवाह गरेको कूल कर्जामध्ये १.७५ प्रतिशत कर्जा मात्रै निस्क्रिय भएको छ । बैंकको प्रतिसेयर आम्दानी २५ रुपैयाँ २२ पैसा रहेको छ । आर्थिक बर्षको अन्त्यतिर बैंकले रिलायवल डेभलपमेण्ट बैंकलाई प्राप्ति गरेको थियो । बैंकको चुक्ता पुँजी ८ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । 

एभरेष्ट बैंक लिमिटेड
एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक वर्षमा एक अर्ब ९८ करोड १६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा १४ दशमलव ५० प्रतिशत बढी नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षमा एभरेष्टले एक अर्ब ७३ करोड दुई लाख रुपैयाँ नाफा कमाएको थियो । पाँच अर्ब ७४ करोड १० रुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडाकोषमा पाँच अर्ब ८८ करोड ३७ लाख रुपैयाँ राखेको छ । निक्षेपमा दुई दशमलव १५ प्रतिशतले वृद्धि गरी ९५ अर्ब नौ करोड ४४ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा १४ दशमलव ७० प्रतिशतले वृद्धि गरी ७८ अर्ब २८ करोड ४६ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद ब्याज आम्दानी १५ दशमलव ८३ प्रतिशतले बढेर तीन अर्ब ७३ करोड रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा १४ दशमलव ७४ प्रतिशतले बढेर तीन अर्ब ५ करोड ९५ लाख रुपैयाँ पुगेको छ । बैंकले प्रोभिजनमा १२ करोड २४ लाख रुपैयाँ राखेको छ भने चार करोड ३३ लाख रुपैयाँ खराब कर्जा उठाएको छ । एभरेष्ट बैंकको प्रतिसेयर आम्दानी ४३ दशमलब ७८ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३० दशमलब ९० गुणा, प्रतिसेयर नेटवर्थ दुई सय २९ दशमलब ९९ रुपैयाँ र तरलता अनुपात ३१ दशमलव ४६ प्रतिशत रहेको छ । त्यस्तै, बैंकको निष्कृय कर्जा शुन्य दशमलव ५१ प्रतिशत र पूँजीकोष अनुपात १४ दशमलव ८५ प्रतिशत रहेको छ ।

प्रभु बैंक लिमिटेड
प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्षमा एक अर्ब ७५ करोड १५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५३ दशमलव २७ प्रतिशत बढी नाफा कमाएको हो । अघिल्लो वर्ष बैंकले एक अर्ब १४ करोड ७८ लाख रुपैयाँ नाफा कमाएको थियो । पाँच अर्ब ८८ करोड रुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडाकोषमा दुई अर्ब ५ करोड रुपैयाँ राखेको छ । एक वर्षमा बैंकले निक्षेपमा ३५ प्रतिशतले वृद्धि गरि ८१ अर्ब ३४ करोड ९५ लाख रुपैयाँ संकलन गरेको छ भने कर्जामा २७ दशमलव ०८ प्रतिशतले वृद्धि गरी ६१ अर्ब ९७ करोड ९५ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी २८ दशमलव ५० प्रतिशतले बढेर दुई अर्ब ५२ करोड ९४ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ५६ प्रतिशतले बढेर एक अर्ब ३६ करोड ९७ लाख रुपैयाँ पुगेको छ । बैंकको प्रोभिजनमा ३४ करोड रुपैयाँ नोगेटिभमा रहेको छ । यो अवधिमा बैंकले एक अर्ब ७२ करोड १७ लाख रुपैयाँ खराबकर्जा उठाएको छ । असार मसान्तसम्ममा प्रभु बैंकको प्रतिसेयर आम्दानी २९ दशमलव ७८ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १३ दशमलव ६३ गुणा, प्रतिसेयर नेटवर्थ एक सय ३४ दशमलव ८८ रुपैयाँ र तरलता अनुपात ३० दशमलव २५ प्रतिशत रहेको छ । बैंकको निष्कृय कर्जा चार दशमलब ०९ प्रतिशतले घटेर चार दशमलव २९ प्रतिशत कायम भएको छ भने पूँजीकोष अनुपात एक दशमलव ०८ प्रतिशतले घटेर ११ दशमलव ०५ प्रतिशत कायम भएको छ । 

नेपाल एसबिआई बैंक लिमिटेड
नेपाल एसबिआई बैंक लिमिटेडले गत आर्थिक वर्षमा एक अर्ब ५२ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा एक अर्ब ३३ करोड रुपैयाँ नाफा गरेको बैंकले गत आर्थिक वर्षमा १९ करोड रुपैयाँ बढी नाफा कमाएको हो । छ अर्ब ९२ करोड रुपैयाँ चुक्तापुँजी भएको बैंकले जगेडाकोषमा तीन अर्ब ५० करोड रुपैयाँ रहेको छ । निक्षेपमा २५.२३ प्रतिशत वृद्धि गरी ८१ अर्ब ६६ करोड ४५ लाख ४८ हजार रुपैयाँ संकलन गरेको बैंकले कर्जामा ६३ अर्ब दुई करोड रुपेयाँ लगानी गरेको छ । यो अवधिमा नेपाल एसबिआई बैंकको खुद व्यज आम्दानी दुई अर्ब ९२ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, संचालन मुनाफा दुई अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । जसमध्ये, १८ करोड ७९ लाख रुपैयाँ प्रोभिजनमा राखिएको छ । असार मसान्तसम्ममा बैंकको खराब कर्जा ०.१० प्रतिशत रहेको छ । बैंकले गत आर्थिक वर्षमा दुई करोड ८० लाख रुपैयाँ राइट ब्याट गरेको छ ।बैंकको कर्जा निक्षेप अनुपात ७५.०० प्रतिशत रहेको छ ।   

एनएमबि बैंक लिमिटेड
एनएमबि बैंक लिमिटेडले गत आर्थिक वर्षमा डेढ अर्बभन्दा बढी मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा ३५ दशमलव ५४ प्रतिशत प्रगति हासिल गर्दै एक अर्ब ५१ करोड १३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको हो । अघिल्लो आर्थिक वर्षमा एनएमबिले एक अर्ब ११ करोड ५० लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । छ अर्ब ४६ करोड १७ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडाकोषमा चार अर्ब २६ करोड ९४ लाख रुपैयाँ राखेको छ । निक्षेपमा १३ दशमलव ०३ प्रतिशत वृद्धि गरी ७३ अर्ब २२ करोड ४० लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा १५ दशमलव ०९ प्रतिशतले वृद्धि गरी ६१ अर्ब २१ करोड ९० लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी २७ दशमलव ५७ प्रतिशतले बढेर दुई अर्ब ५६ करोड ८१ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ५९ दशमलव ८७ प्रतिशतले बढेर एक अर्ब ९८ करोड ४२ लाख रुपैयाँ पुगेको छ । बैंकको प्रोभिजनमा १८ करोड ३५ लाख रुपैयाँ राखेको छ भने २२ करोड ३५ लाख रुपैयाँ खराबकर्जा उठाएको छ । बैंकको निष्कृय कर्जा शुन्य दशमलव १५ प्रतिशतले घटेर एक दशमलव ६६ प्रतिशत कायम भएको छ भने पुँजीकोष अनुपात दुई दशमलव ८७ प्रतिशतले बढेर १३ दशमलव ८५ प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर आम्दानी वार्षिक २७ दशमलव ६९ रुपैयाँ, मुल्य आम्दानीको अनुपात वार्षिक १९ दशमलव ६८ गुणा, तरलता अनुपात २८ दशमलव १४ प्रतिशत र प्रतिसेयर नेटवर्थ १ सय ६६ दशमलव ०७ रुपैयाँ रहेको छ ।

प्राइम कमर्सियल बैंक लिमिटेड
प्राइम कमर्सियल बैंक लिमिटेडले गत आर्थिक वर्षमा एक अर्ब ४८ करोड २८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो वर्षको तुलनामा ३२ दशमलव ९१ प्रतिशत बढी नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षमा प्राइमले एक अर्ब ११ करोड ५७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । छ अर्ब ३२ करोड ५४ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैकले जगेडाकोषमा तीन अर्ब १२ करोड ६० लाख रुपैयाँ राखेको छ । बैंकले निक्षेपमा ३५ दशमलव ४१ प्रतिशतले वृद्धि गरी ६५ अर्ब ८६ करोड ५२ लाख रुपैयाँ संकलन गरेको छ भने कर्जामा ४२ दशमलव पाँच प्रतिशतले वृद्धि गरी ५७ अर्ब ७१ करोड एक लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी १९ दशमलव ८९ प्रतिशतले बढेर एक अर्ब ९० करोड ४३ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ४० दशमलव २० प्रतिशतले बढेर दुई अर्ब एक करोड २४ लाख रुपैयाँ पुगेको छ । बैंकले प्रोभिजनमा २२ करोड दुई लाख रुपैयाँ राखेको छ । यो अवधिमा बैंकले १८ करोड ५६ लाख रुपैयाँ खराब कर्जा उठाएको छ । असार मसान्तसम्ममा बैंकको प्रतिसेयर आम्दानी २३ दशमलव ४४ रुपैयाँ, मुल्य आम्दानीेको अनुपात १७ दशमलव ९६ गुणा, प्रतिसेयर नेटवर्थ एक सय ४९ दशमलव ४२ रुपैयाँ र तरलता अनुपात २५ दशमलव ५६ प्रतिशत रहेको छ । बैंकको निष्कृय कर्जा शुन्य दशमलव ४५ प्रतिशतले घटेर शुन्य दशमलव ७८ प्रतिशत कायम भएको छ भने पूँजीकोष अनुपात एक दशमलव ७६ प्रतिशतले बढेर १३ दशमलव ३६ प्रतिशत पुगेको छ ।

एनआईसी एसिया बैंक लिमिटेड
एनआईसी एसिया बैंक लिमिटेडले गत आर्थिक वर्षमा एक अर्ब ४६ करोड ९६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा ३८ प्रतिशत बढी नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षमा एनआईसी एसियाले एक अर्ब छ करोड ६९ लाख रुपैयाँ नाफा गरेको थियो । छ अर्ब ६९ करोड २५ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले असार मसान्तसम्ममा ८६ अर्ब ६९ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । जुन गतवर्षको तुलनामा २४ प्रतिशतले बढी हो । बैंकले अघिल्लो आर्थिक वर्षमा ६९ अर्ब करोड निक्षेप संकलन गरेको थियो । कर्जातर्फ पनि बैंकले २२ दशमलव ४६ प्रतिशत बढाएर ७१ अर्ब ५८ करोड रुपैयाँ लगानी गरेको छ । जबकि, अघिल्लो आर्थिक वर्षमा बैंकले ५८ अर्ब ४५ करोड कर्जा लगानी गरेको थियो । उक्त अवधिमा बैंकको सञ्चालन मुनाफा २३ दशमलव ४३ प्रतिशतले बढेर एक अर्ब ६९ करोड रुपैयाँ पुगेको छ । जबकि अघिल्लो वर्ष यस्तो मुनाफा एक अर्ब ३६ करोड रुपैयाँ थियो । बैंकको पुँजी कोष अनुपात गत आर्थिक वर्षमा १३ दशमलव ९५ प्रतिशत रहेको छ । बैंकले गत आर्थिक वर्षमा खराब कर्जा अनुपात एक वर्षमा शून्य ३६ प्रतिशतमा झारेको छ । अघिल्लो वर्ष बैंकको खराब कर्जा अनुपात शुन्य ७६ प्रतिशत थियो । बैंकको प्रतिसेयर आम्दानी २२ रुपैयाँ रहेको छ ।

सिद्धार्थ बैंक लिमिटेड
सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्षमा एक अर्ब ४१ करोड ८० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो वर्षको तुलनामा १२ दशमलव ९९ प्रतिशत बढी नाफा कमाएको हो । अघिल्लो वर्षमा सिद्धार्थले एक अर्ब २५ करोड ४९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । छ अर्ब ६२ करोड ८८ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडाकोषमा ३ अर्ब २८ करोड ४० लाख रुपैयाँ छुटाएको छ । निक्षेपमा १९ दशमलव ०७ प्रतिशत वृद्धि गरी ७७ अर्ब ३१ करोड ७५ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा ६६ अर्ब छ करोड ३४ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी २५ दशमलव ३१ प्रतिशतले बढेर दुई अर्ब ६५ करोड ३७ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ११ दशमलव ९१ प्रतिशतले बढेर एक अर्ब ८५ करोड सात लाख रुपैयाँ पुगेको छ । बैंकले प्रोभिजनमा ३२ करोड ९२ लाख रुपैयाँ राखेको छ भने खराबकर्जा २८ करोड ६२ लाख रुपैयाँ उठाएको छ । बैंकको निष्कृय कर्जा शुन्य दशमलव ३२ प्रतिशतले घटेर एक दशमलव १५ प्रतिशत र पुँजकिोषको अनुपात एक दशमलव ९१ प्रतिशतले बढेर १३ दशमलव १६ प्रतिशत कायम भएको छ । बैंकको प्रतिसेयर आम्दानी वार्षिक २१ दशमलव ३९ रुपैयाँ, मुल्य आम्दानीको अनुपात २२ दशमलव ६७ गुणा, प्रतिसेयर नेटवर्थ १४९ दशमलव ५४ रुपैयाँ र तरलता अनुपात २५ दशमलव ०६ प्रतिशत रहेको छ ।

स्टाण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड

स्टाण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले गत आर्थिक वर्षमा एक अर्ब ३८ करोड १९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा जम्मा ६.९२ प्रतिशत अर्था आठ करोड ९४ लाख रुपैयाँमात्रै बढी नाफा कमाएको हो ।

चुक्तापुँजी बल्ल चार अर्ब ५७ करोड रुपैयाँ पुर्याएको बैंकले यो अवधिमा ६३ अर्ब ८७ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ३९ अर्ब २० करोड रुपैयाँ कर्जा तथा १५ अर्ब ७६ करोड लगानी गरेको छ । एफपीओ बिक्रीबाट आएको प्रिमियमले बैंकको जगेडाकोष भने ७१.३६ प्रतिशतले बढेर ८ अर्ब १५ करोड ८८ लाख रुपैयाँ पुगेको छ । बैंकले खुद ब्याज आम्दानीमा पनि १८.६७ प्रतिशत बढोत्तरी गरेर २ अर्ब १९ करोड ५४ लाख ३१ हजार रुपैयाँ पुयाएको छ । खुद ब्याज आम्दानी अघिल्लो वर्ष १ अर्ब ८४ करोड ९८ लाख ७८ हजार रुपैयाँ मात्र थियो ।

बैंकले सम्भावित जोखिमका लागि ३६ करोड १७ लाख २९ हजार रुपैयाँ छुट्याएको छ भने २२ करोड ९९ लाख ७८ हजार रुपैयाँ राइट ब्याक गर्न सफल भएको छ । बैंकको कष्ट अफ फन्ड १.२५ प्रतिशतबाट बढेर ३.०६ प्रतिशत पुगेको छ । बैंकको, कर्जा निक्षेप अनुपात ७२.३४ प्रतिशत छ । निष्कृष्य कर्जा अनुपातलाई शून्य दशमलव १९ प्रतिशतमा झारेको स्टाण्डर्ड चार्टर्ड बैंकले ३६ करोड १७ लाख संम्भावित जोखिम व्यवस्था गर्दा २२ करोड ९९ लाख संम्भावित जोखिम कोषबाट फिर्ता गरेको छ । बैंकको प्रतिसेयर नेटवर्थ ३०३.६८ रुपैयाँ र मूल्य आम्दानी अनुपात ६६.५२ गुणा रहेको छ । चुक्ता पूँजी वृद्धिको अनुपातमा लगानी बढाउन नसक्दा बैंकको प्रतिसेयर आम्दानीमा अघिल्लो बर्षको तुलनामा ११ रुपैयाँ ४६ पैसाले गिरावट आएर ३४ रुपैयाँ ५० पैसामा झरेको छ । अघिल्लो बर्ष बैंकको प्रतिसेयर आम्दानी ४५ रुपैयाँ ९६ पैसा रहेको थियो । 

नेपाल क्रेडिट एण्ड कर्मश बैंक लिमिटेड
अर्बमाथि नाफा गर्ने बैंकहरुको सूचिमा नेपाल क्रेडिट एण्ड कर्मश बैंक लिमिटेड पनि थपिएको छ । बैंकले गत आर्थिक वर्षमा एक अर्ब ३२ करोड ५८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा ८७ दशमलव ३० प्रतिशत बढी नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षमा एनसीसीले ७० करोड ७८ लाख रुपैयाँ नाफा कमाएको हो । चार अर्ब ६७ करोड ९० लाख ५८ हजार रुपैयाँ चुक्तापुँजी रहेको बैंकले निक्षेपमा ९३ दशमलव ६३ प्रतिशतको वृद्धि गरि ५८ अर्ब ७९ करोड रुपैयाँ संकलन गरेको छ । कर्जा लगानी ४८ अर्ब १६ करोड ८८ लाख रुपैयाँ पुगेको छ । बैकको खुद ब्याज आम्दानी ४४ दशमलव ७८ प्रतिशतले बढेर एक अर्ब ७२ करोड २१ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, संचालन मुनाफा १२ अर्ब २७ करोड रुपैयाँ रहेको छ । जसमध्ये, ८२ करोड १२ लाख ८३ हजार रुपैयाँ बैंकले प्रभिजनका राखेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ ७१ पैसा, वैद्यानिक तरलता अनुपात २५ दशमलव १२ प्रतिशत, मूल्य आम्दानी अनुपात १३ दशमलव ५१ गुणा रहेको छ । त्यस्तै बैंकको प्रतिशेयर आम्दानी वाषिर्क २८ दशमलव ३४ रुपैयाँ रहेको छ ।
 
माछापूछ्रे बैंक लिमिटेड
माछापूछ्रे बैंक लिमिटेडले गत आर्थिक वर्षमा एक अर्ब ३० करोड १० लाख रुपैयाँ मुनाफा आर्जन गरेर अर्वपति क्लबमा प्रवेश गरेको छ । अघिल्लो वर्ष ८९ करोड ८२ लाख रुपैयाँ खुद मुनाफा गरेको बैंकले यसपाली मुनाफामा ४४ दशमलव ८७ प्रतिशत प्रगति गरेको हो । छ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडा कोषमा दुई अर्ब ५१ करोड ६७ लाख रुपैयाँ राखेको छ । त्यस्तै निक्षेपमा ११ दशमलव ५३ प्रतिशतले वृद्धि गरी ५८ अर्ब ६२ करोड ९० लाख रुपैयाँ संकलन गरेको बैंक कर्जामा १५ दशमलव ९० प्रतिशतले वृद्धि गरी ५१ अर्ब ८६ करोड ६७ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी २५ दशमलव २० प्रतिशतले बढेर दुई अर्ब ३२ करोड ५१ लाख रुपैयाँ पुगेको छ । त्यस्तै सञ्चालन मुनाफा ४१ दशमलव ४९ प्रतिशतले वृद्धि भई एक अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । बैंकले प्रोभिजनमा १३ करोड ६० लाख रुपैयाँ छुटाएको छ भने १३ करोड ४६ लाख रुपैयाँ राइटव्याक गरेको छ । बैंकको निष्कृय कर्जा शुन्य दशमलव १८ प्रतिशतले घटेर शुन्य दशमलव ३७ प्रतिशत कायम भएको छ भने पूँजीकोष अनुपात ५ दशमलव २५ प्रतिशतले बढेर १७ दशमलव ४८ प्रतिशत पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ९८ पैसा, मूल्य आम्दानीको अनुपात १५ दशमलव ०२ गुणा, प्रतिसेयर नेटवर्थ एक सय ३६ दशमलव ४४ रुपैयाँ र तरलता अनुपात २६ दशमलव २९ प्रतिशत रहेको छ ।

सानिमा बैंक लिमिटेड
सानिमा बैंक लिमिटेडले आर्थिक वर्ष २०७३।७४ मा एक अर्ब ३० करोड एक लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो वर्ष ९९ करोड ६० लाख रुपैयाँ कमाएको सानिमाले खुद मुनाफामा गत वर्ष ३० दशमलव ५३ प्रतिशत प्रगति हासिल गरेको हो । छ अर्ब ८९ करोड ७६ लाख रुपैयाँ चुक्ता पुँजी भएको सानिमा बैंकले जगेडाकोष झन्डै साढे दुई गुणाले वृद्धि गरी दुई अर्ब १६ करोड चार लाख रुपैयाँ राखेको छ । निक्षेपमा गत वर्षको सोहि अवधिको तुलनाभन्दा २५ दशमलव ४२ प्रतिशतले वृद्धि गरी ५८ अर्ब २२ करोड ८४ लाख रुपैयाँ संकलन गरेर ५१ अर्ब २६ करोड ५४ लाख रुपैयाँ कर्जामा लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी ३० दशमलव १९ प्रतिशतले बढेर दुई अर्ब २४ करोड २१ लाख रुपैयाँ पुगेको छ । त्यसैगरी सञ्चालन मुनाफा ३५ दशमलव २५ प्रतिशतले बढेर एक अर्ब ९९ करोड ९३ लाख रुपैयाँ पुगेको छ । बैंकको प्रोभिजनमा १३ करोड २० लाख रुपैयाँ राखिएको छ भने खराब कर्जा ३३ लाख रुपैयाँ उठाएको छ । बैंकको निष्कृय कर्जा शुन्य दशमलव ०१ प्रतिशत, पूँजीकोष अनुपात १५ दशमलव ५५ प्रतिशत, प्रतिशेयर आम्दानी वार्षिक १८ दशमलव ८५ रुपैयाँ, मुल्य आम्दानीको अनुपात वार्षिक २२ दशमलव ८७ गुणा, प्रतिशेयर नेटवर्थ १३१ दशमलव ३२ रुपैयाँ र तरलता अनुपात २६ दशमलव ०८ प्रतिशत रहेको छ । 

बैंक अफ काठमाण्डू लिमिटेड
बैंक अफ काठमाण्डू लिमिटेडले गत आर्थिक वर्षमा एक अर्ब २३ करोड ९० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा मुनाफामा छलाङ मार्दै अर्वपति क्लबमा प्रवेश गरेको हो । अघिल्लो आर्थिक वर्षमा ६५ करोड ५२ लाख रुपैयाँ आर्जन गरेको बैंक अफ काठमाण्डूले मुनाफामा ८९ दशमलव १६ प्रतिशत प्रगति हासिल गरेको हो । पाँच अर्ब ६२ करोड ९५ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले जगेडाकोषमा ३ अर्ब ३२ करोड ५ लाख रुपैयाँ राखेको छ । बैंकले निक्षेपमा ७ दशमलव ४६ प्रतिशतले वृद्धि गरी ७२ अर्ब १३ करोड ६७ लाख रुपैयाँ संकलन गरी कर्जामा ६२ अर्ब ५४ करोड ९९ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी ६६ दशमलव ४० प्रतिशतले बढेर २ अर्ब ५६ करोड ६० लाख रुपैयाँ पुगेको छ । त्यस्तै गरी सञ्चालन मुनाफा ६४ दशमलव ११ प्रतिशतले बढेर १ अर्ब ६२ करोड ८२ लाख रुपैयाँ पुगेको छ । बैंकको प्रोभिजनमा ३० करोड ६३ लाख रुपैयाँ राखेको छ भने खराबकर्जा १७ करोड ७७ लाख रुपैयाँ उठाएको छ । बैंकको प्रतिसेयर आम्दानी वार्षिक २२ दशमलव ०१ रुपैयाँ, मुल्य आम्दानीको अनुपात वार्षिक २० दशमलव ९९ गुणा, प्रतिसेयर नेटवर्थ १ सय ५८ दशमलव ९८ रुपैयाँ र तलरता अनुपात २८ दशमलव ५७ प्रतिशत रहेको छ ।

सिटिजन्स बैंक लिमिटेड
सिटिजन्स बैंक लिमिटेडले गत आर्थिक वर्षमा एक अर्ब २१ करोड एक लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा १२ दशमलव ०१ प्रतिशत बढी नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षमा बैंकले एक अर्ब आठ करोड तीन लाख रुपैयाँ कमाएको थियो । छ अर्ब ९२ करोड १६ लाख रुपैयाँ चुक्ता पूँजी भएको सिटिजन्स बैंकले जगेडाकोषमा दुई अर्ब ९२ करोड १६ लाख रुपैयाँ राखेको छ । बैंकले निक्षेपमा ११ दशमलव २३ प्रतिशतले वृद्धि गरी ५२ अर्ब ७१ करोड ८५ लाख रुपैयाँ संकलन गरेको छ भने कर्जामा १८ दशमलव ५१ प्रतिशतले वृद्धि गरी ४८ अर्ब सात करोड ७६ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी आठ दशमलव ०९ प्रतिशतले बढेर एक अर्ब ७५ करोड तीन लाख रुपैयाँ पुगेको छ । त्यस्तै संचालन मुनाफा १२ दशमलव ६२ प्रतिशतले बढेर एक अर्ब २४ करोड ९५ लाख रुपैयाँ कमाएको छ । बैंकको प्रोभिजमा ३१ करोड ३४ लाख रुपैयाँ राखेको छ भने खराबकर्जा ९० करोड १३ लाख रुपैयाँ उठाएको छ । सिटिजन्स बैंकको पूँजीकोषको अनुपात १६ दशमलव ९१ प्रतिशत, निष्कृय कर्जा १ दशमलव २८ प्रतिशत, प्रति शेयर आम्दानी वार्षिक १७ दशमलव ४८ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १३६ दशमलव ५१४ रुपैयाँ, मुल्य आम्दानीको अनुपात २३ दशमलव ०५ गुणा र तरलता अनुपात २२ दशमलव ८७ प्रतिशत गरेको छ ।

नेपाल बङ्गलादेश बैंक लिमिटेड
नेपाल बङ्गलादेश बैंक लिमिटेडले गत आर्थिक वर्षमा एक अर्ब २० करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा शुन्य दशमलव १६ प्रतिशत मात्रै बढी नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षमा नेपाल बंगलादेश बैंक एक अर्ब १९ करोड ८२ लाख रुपैयाँ नाफा कमाएको थियो । सात अर्ब २१ करोड ९० लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडाकोषमा तीन अर्ब ४९ करोड ३१ लाख रुपैयाँ राखेको छ । निक्षेपमा १० दशमलव २५ प्रतिशत वृद्धि गरी ४३ अर्ब ७१ करोड ३१ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा १५ दशमलव ६२ प्रतिशतले वृद्धि गरी ३७ अर्ब ४६ करोड रुपैयाँ लगानी गरेको छ । यो अवधिमा नेपाल बंगलादेश बैंकको खुद व्याज आम्दानी चार दशमलव २४ प्रतिशतले बढेर एक अर्ब ५२ करोड ४६ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १६ दशमलव ५८ प्रतिशतले बढेर एक अर्ब ७७ करोड १८ लाख रुपैयाँ पुगेको छ । दुई करोड ५७ लाख रुपैयाँ खराब कर्जा उठाएको बैंकले तीन करोड ९९ लाख रुपैयाँ प्रोभिजनमा राखेको छ । नेपाल बङ्गलादेश बैंकको निष्कृय कर्जा शुन्य दशमलव ०५ प्रतिशतले बढेर शुन्य दशमलव ७६ प्रतिशत रहेको छ भने पूँजीकोष अनुपात चार दशमलव ७९ प्रतिशतले बढेर १५ दशमलव ७५ प्रतिशत रहेको छ । त्यस्तै, बैंकको प्रतिसेयर आम्दानी वार्षिक २८ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १४ गुणा, प्रतिसेयर नेटवर्थ एक सय ४८ रुपैयाँ र तरलता अनुपात ३८ दशमलव ५४ प्रतिशत रहेको छ ।

सनराइज बैंक लिमिटेड
यसपालीदेखि अर्वपति क्लबमा सनराइज बैंक लिमिटेड थपिएको छ । गत आर्थिक वर्षमा एक अर्ब १६ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्दै सनराइजले अर्वपति क्लबमा प्रवेश गरेको हो । अघिल्लो आर्थिक वर्षमा ९५ करोड १३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको बैंकले २२ दशमलव ८१ प्रतिशत प्रगति गर्दै खुद मुनाफा एक अर्ब नघाएको हो । सात अर्ब एक करोड ७६ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले जगेडाकोषमा दुई अर्ब ३१ करोड ५० लाख रुपैयाँ छुटाएको छ । निक्षेपमा १८ दशमलव १२ प्रतिशतले वृद्धि गरी ६१ अर्ब एक करोड ३२ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जातर्फ १८ दशमलव २४ प्रतिशतले वृद्धि गरी ५१ अर्ब ७३ करोड रुपैयाँ लगानी गरेको छ । यो अवधिमा बैंकको खुद व्याज आम्दानी ४५ दशमलव ८४ प्रतिशतले बढेर दुई अर्ब १९ करोड रुपैयाँ पुगेको छ । त्यस्तै सञ्चालन मुनाफा ६६ दशमलव ८० प्रतिशतले बढेर एक अर्ब ५९ करोड ३३ लाख रुपैयाँ पुगेको छ । १९ करोड ४६ लाख रुपैयाँ खराब कर्जा उठाएको बैंकले प्रोभिजनमा २७ करोड १५ लाख रुपैयाँ राखेको छ । असार मसान्तसम्मा प्रतिसेयर आम्दानी १६ दशमलव ६६ रुपैयाँ, मुल्य आम्दानीेको अनुपात २३ दशमलव ७७ गुणा, प्रतिसेयर नेटवर्थ एक सय ३२ दशमलव ९९ रुपैयाँ र तरलता अनुपात २९ दशमलव ३२ प्रतिशत रहेको छ । बैंकको पुँजीकोषको अनुपात १५ दशमलव २० प्रतिशत रहेको छ भने निष्कृय कर्जा एक दशमलव ३७ प्रतिशत रहेको छ ।

लक्ष्मी बैंक लिमिटेड
लक्ष्मी बैंक लिमिटेडले गत आर्थिक वर्षमा एक अर्ब २४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा ४८ प्रतिशत बढी नाफा कमाएको हो । अघिल्लो वर्षमा लक्ष्मीले ६७ करोड ७१ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । सात अर्ब ४७ करोड २४ लाख रुपैयाँ चुक्ता पुँजी भएको लक्ष्मी बैंकले जगेडाकोषमा दुई अर्ब १८ करोड २७ लाख रुपैयाँ राखेको छ । निक्षेपमा २२ दशमलव ९१ प्रतिशतले वृद्धि गरी ५९ अर्ब ३२ करोड ४ लाख रुपैयाँ संकलन गरेको बैंकले ३० प्रतिशतले वृद्धि गरी कर्जामा ५२ अर्ब ७३ करोड ३३ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी २६ दशमलव ५४ प्रतिशतले बढेर एक अर्ब ६५ करोड ४६ लाख रुपैयाँ पुगेको छ । त्यस्तै गरी सञ्चालन मुनाफा ४१ दशमलव ३१ प्रतिशतले बढेर एक अर्ब ३५ करोड ८५ लाख रुपैयाँ पुगेको छ । बैंकको प्रोभिजनमा नौ करोड ७४ लाख रुपैयाँ राखिएको छ । यो अवधिमा बैंकले चार करोड ९० लाख रुपैयाँ खराब कर्जा उठाएको छ । बैंकको प्रतिसेयर आम्दानी २५ दशमलव ४३ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १५ दशमलव ३४ गुणा, प्रतिसेयर नेटवर्थ एक सय २९ दशमलव २१ रुपैयाँ र तरलता अनुपात २१ दशमलव ३१ प्रतिशत रहेको छ । बैंकको निष्कृय कर्जा शुन्य दशमलव १३ प्रतिशतले बढेर शुन्य ९३ प्रतिशत रहेको छ भने पूँजीकोष अनुपात ३ दशमलव ०४ प्रतिशतले बढेर १४ दशमलव १९ प्रतिशत रहेको छ ।

मेगा बैंक नेपाल लिमिटेड
मेगा बैंक नेपाल लिमिटेडले गत आर्थिक वर्षमा ७९ करोड १४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा ५५ करोड १० लाख रुपैयाँ कमाएको मेगाले खुद मुनाफामा ४३ दशमलव ५५ प्रतिशतले वृद्धि गरेको हो । चार अर्ब ५८ करोड २३ लाख रुपैयाँ चुक्ता पुँजी भएको मेगा बैंकले जगेडाकोषमा एक अर्ब २८ करोड १४ लाख रुपैयाँ राखेको छ । निक्षेपमा २६ दशमलव ६६ प्रतिशतले वृद्धि गरी ३८ अर्ब ९३ करोड ६८ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा २५ दशमलव ९२ प्रतिशतले वृद्धि गरी ३४ अर्ब ५९ करोड ७८ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी ५३ दशमलव १५ प्रतिशतले बढेर एक अर्ब ७२ करोड ३७ लाख रुपैयाँ पुगेको छ । त्यस्तै संचालन मुनाफा ६४ दशमलव ८६ प्रतिशतले बढेर एक अर्ब १८ करोड ७६ लाख रुपैयाँ पुगेको छ । बैंकले प्रोभिजनमा १७ करोड ८८ लाख रुपैयाँ राखेको छ भने खराब कर्जा ३ करोड ५९ लाख रुपैयाँ उठाएको छ । बैंकको निष्कृय कर्जा एक दशमलव ३६ प्रतिशत रहेको छ भने पूँजीकोष अनुपात १४ दशमलव ८७ प्रतिशत रहेको छ । त्यस्तै, बैंकको प्रतिसेयर आम्दानी १७ दशमलव २७ रुपैयाँ, मुल्य आम्दानीको अनुपात २६ दशमलव ५२ गुणा, प्रतिसेयर नेटवर्थ एक सय २७ दशमलव ९७ रुपैयाँ र तरलता अनुपात २३ दशमलव ८९ प्रतिशत रहेको छ ।

कुमारी बैंक लिमिटेड
कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षमा ७० करोड तीन लाख ७४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा २.१९ प्रतिशतले घटेको हो । अघिल्लो वर्ष कुमारीले ७१ करोड ६० लाख ६५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । चुक्ता पुँजी पाँच अर्ब ९६ करोड ९४ लाख ९६ हजार रुपैयाँ रहेको कुमारीको जगेडा कोषमा भने २ अर्ब ११ करोड २४ लाख ६६ हजार रुपैयाँ छ । कुमारीले खुद ब्याज आम्दानीमा भने १०.३५५ ले बढोत्तरी गरेर एक अर्ब २९ करोड ७१ लाख ६५ हजार रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्ष बैंकले १ अर्ब १७ करोड ५४ लाख ३३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । निक्षेप रकम ३७ अर्बबाट बढाएर ५२ अर्ब ७ करोड १२ लाख ८२ हजार पुर्याएको कुमारीले कर्जामा ४५ अर्ब १९ करोड ५१ लाख ७१ हजार रुपैयाँँ लगानी गरेको छ । कुमारीले सम्भावित जोखिमका लागि २१ करोड २९ लाख ८५ हजार रुपैयाँ छुट्याएकोे छ भने २८ करोड २५ लाख ७८ हजार रुपैयाँ राइट ब्याक गर्न सफल भएको छ । कुमारी बैंकको कर्जा निक्षेप अनुपात ७८ प्रतिशत छ । यता बैंकको खराब कर्जामा थोरै वृद्धि भएको छ । अघिल्लो वर्ष १.१५५ रहेको कुमारीको खराब कर्जा यसपालि बढेर १.८६५ भएको छ । यसैगरी, कस्ट अफ फन्ड पनि ४.४१ प्रतिशतबाट बढेर ५.९३ प्रतिशत पुगेको छ । इक्विटीमा प्रतिफल १७.७५ प्रतिशतबाट घटेर ८.६७ प्रतिशतमा आएको छ । प्रतिसेयर आम्दानी ११ रुपैयाँँ ७१ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १३५ रुपैयाँ ३७ पैसा छ ।

जनता बैंक नेपाल लिमिटेड
जनता बैंक नेपाल लिमिटेडले गत आर्थिक वर्षमा खुद मुनाफामा ३ सय ८१ दशमलव ९५ प्रतिशत वृद्धि गरेको छ । अघिल्लो आर्थिक वर्षमा १३ करोड ३६ लाख रुपैयाँ मात्रै खुद मुनाफा आर्जन गरेको जनताले गत आर्थिक वर्षमा ६४ करोड १८ लाख रुपैयाँ नाफा गरेको हो । ६ अर्ब ९९ करोड ३६ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले जगेडाकोषमा १ अर्ब ८२ करोड १९ लाख रुपैयाँ राखेको छ । बैंकको निक्षेपमा १०१ दशमलव ८२ प्रतिशत वृद्धि गरी ४८ अर्ब ५७ करोड ४९ लाख रुपैयाँ संकलन गरेर कर्जा प्रवाहमा ४५ अर्ब ६५ करोड ३५ लाख रुपैयाँ लगानी गरेको छ । जुन अघिल्लो वर्षको तुलनाभन्दा १२५ प्रतिशतले वृद्धि गरेको हो । त्यस्तै खुद व्याज आम्दानी ५३ दशमलव ०१ प्रतिशतले बढेर १ अर्ब १४ करोड ३७ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा २ सय ६७ दशमलव ०८ वृद्धि गरी ५९ करोड १९ लाख रुपैयाँ पुर्याएको छ । बैंकले प्रोभिजनमा १७ करोड ७९ लख रुपैयाँ राखिएको छ भने ४१ करोड ८ लाख रुपैयाँ खराबकर्जा उठाउन सफल भएको छ । जनता बैंकको प्रतिशेयर आम्दानी ९ दशमलव १८ रुपैयाँ, मुल्य आम्दानीेको अनुपात ३१ गुणा, प्रति शेयर नेटवर्थ १ सय २६ दशमलव ०५ रुपैयाँ, तरलता अनुपात २३ दशमलव ५६ प्रतिशत रहेको छ । बैंकको निष्कृय कर्जातर्फ शुन्य दशमलव २८ प्रतिशतले घटेर २ दशमलव ०९ प्रतिशत र पूँजीकोष अनुपात ६ दशमलव ६१ प्रतिशतले बढेर १८ दशमलव १६ प्रतिशत रहेको छ ।

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले गत आर्थिक वर्षमा ४४ करोड ७४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा आठ दशमलव २१ प्रतिशत बढी नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षमा ४१ करोड ३५ लाख रुपैयाँ नाफा कमाएको थियो । पाँच अर्ब ४६ करोड ६ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले जगेडाकोषमा एक अर्ब १८ करोड ७७ लाख रुपैयाँ राखेको छ । बैंकले निक्षेपमा ४७ दशमलव ०३ प्रतिशतले वृद्धि गरी ४२ अर्ब ५९ करोड ३६ लाख रुपैयाँ संकलन गरेको छ भने कर्जामा ३९ अर्ब ५० करोड ७७ लाख रुपैयाँ लगानी गरेको छ । त्यस्तै बैंकको खुद व्याज आम्दानी २९ दशमलव ५३ प्रतिशतले बढेर एक अर्ब १३ करोड ९६ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १६ दशमलव ८७ प्रतिशतले बढेर ६८ करोड ४१ लाख रुपैयाँ पुगेको छ । यो अवधिमा तीन करोड ९१ लाख रुपैयाँ खराब कर्जा उठाएको बैंकले १७ करोड ७३ लाख रुपैयाँ प्रोभिजनमा राखेको छ । बैंकको प्रतिसेयर आम्दानी आठ दशमलव २० रुपैयाँ, मुल्य आम्दानीको अनुपात ३५ दशमलव ३९ गुणा, प्रतिसेयर नेटवर्थ १ सय २१ दशमलव ७५ रुपैयाँ र तरलता अनुपात २२ दशमलव २३ प्रतिशत रहेको छ । बैंकको निष्कृय कर्जा एक दशमलव १५ प्रतिशत रहेको छ ।

सिभिल बैंक लिमिटेड
मुनाफा आर्जनमा सिभिल बैंक लिमिटेड सबैभन्दा कमजोर देखिएको छ । बैंकले गत आर्थिक वर्षमा ३३ करोड ८१ लाख १४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा दुई प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षमा सिभिलले ३३ करोड १४ लाख ६३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।  यो अवधिमा चुक्ता पुँजी ६८.१९ प्रतिशतले बढाएर पाँच अर्ब १८ करोड ५२ लाख २२ हजार रुपैयाँ पुर्याएको बैंकको जगेडाकोषमा एक अर्ब ४९ करोड ३५ लाख ४८ हजार रुपैयाँ रहेको छ । बैंकको खुद ब्याज आम्दानी १२.८६ प्रतिशतले बढेर एक अर्ब १२ करोड २८ लाख ४० हजार रुपैयाँ पुगेको छ । निक्षेप ३१ अर्बबाट बढाएर ३४ अर्ब ११ करोड ७ लाख ४१ हजार रुपैयाँ पुर्याएको सिभिलले २९ अर्ब ४९ करोड ५९ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । सम्भावित जोखिमका लागि ६७ करोड ६३ लाख ८७ हजार रुपैयाँ छुट्याएको सिभिलले यो अवधिमा ४३ करोड ७२ लाख ९० हजार रुपैयाँ राइट ब्याक गर्न सफल भएको छ । 
सिभिलको खराब कर्जा  १.३५ प्रतिशतले बढेर ४.०५ प्रतिशत पुगेको छ । त्यस्तै, बैंकको कस्ट अफ फन्ड पनि ५.३७ प्रतिशतबाट बढेर ६.८३ प्रतिशत पुगेको छ । कर्जा निक्षेप अनुपात ७५.७३ प्रतिशत रहेको बैंकको प्रतिसेयर आम्दानी चार रुपैयाँ २३ पैसाले घटेर छ रुपैयाँ ५२ पैसामा सीमित भएको छ । प्रतिसेयर नेटवर्थ भने ११ रुपैयाँ ४९ पैसाले बढेर १२८ रुपैयाँ ८० पैसा कायम भएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]