August 22nd, 2016

२५ प्रतिशत हकप्रद जारी गर्दै सिद्धार्थ इन्स्योरेन्स

siddarthaसिद्धार्थ इन्स्योरेन्स लिमिटेडले २५ प्रतिशत हकप्रद शेयर जारी गर्नका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । हाल कम्पनीको चुक्ता पूँजी ३४ करोड ४८ लाख रुपैंयाँ छ । हकप्रद निष्काशन पश्चात उसको चुक्ता पूँजी झण्डै ४४ करोड रुपैंया पुग्नेछ । कम्पनीको गत चैत्रमा सम्पन्न साधारणसभाले ४ बराबर १ कित्ताका दरले हकप्रद दिने प्रस्ताव पारित गरेको थियो । गत आर्थिक वर्षमा २० करोड खुद नाफा गरेको छ । कम्पनीको जगेडा कोषमा १६ करोड २८ लाख रुपैंया सञ्चित गरेको इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ५८ रुपैंया रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]