September 27th, 2016

१६ वटा कम्पनीमा १७ अर्बभन्दा बढीको बीमा दाबी

insuranceअघिल्लो वर्षको भुकम्पपछि बीमा कम्पनीहरुमा साढे १७ अर्बभन्दा बढीको दाबी परेको छ । बीमा समितिका अनुसार विभिन्न १६ वटा बीमा कम्पनीहरुमा १७ अर्ब ६३ करोड रुपैयाँ बराबरको १७ हजार आठ सय ४० दाबी परेको हो । त्यसमध्ये १५ हजार दुई सय ५३ वटा अग्नि बीमा दाबी परेको छ । भूकम्पले अन्यको तुलनामा भौतिक संरचनामा बढी क्षति पुर्याएकाले यस्तो बीमा दाबीको संख्या अधिक रहेको बीमा समितिको भनाई छ ।

समितिको यस वर्षको भदौसम्मको तथ्यांकअनुसार विविध बीमाअन्तर्गत एक हजार चार सय ३५ वटा दाबी परेको छ । यो संख्या कुल बिमा दाबीको २१.३७ प्रतिशत हो । मोटर बीमाअन्तर्गत नौ सय ९३ वटा दाबी परेको समितिले जानकारी दिएको छ । यो संख्या कुल बीमा दाबीको १.३३ प्रतिशत हो ।

कुल बीमा दाबीमध्ये १० अर्ब २५ करोड रुपैयाँ दाबी भुक्तान भएको छ । यो रकममध्ये अग्नि बीमाअन्तर्गत आठ हजार सात सय ४५ दाबी बिमा भएकामा ६ अर्ब ४७ करोड रुपैयाँ भुक्तानी भएको छ । यस्तै एक सय ३४ वटा दाबीमा कम्पनीहरूले एक अर्ब २५ करोड चार लाख पेस्की रकम भुक्तान गरेका छन् ।

सात सय ३५ वटा मोटरको बीमा दाबीको १७ करोड १४ लाख रुपैयाँ भुक्तान भइसकेको छ । चारवटा मोटर दाबी बराबर १५ लाख पेस्की रकम भुक्तान भएको समितिको तथ्यांकमा उल्लेख छ । उनीहरूको अन्तिम दाबी सात अर्ब ७३ करोड रुपैयाँ छ । इन्जिनियरिङ बीमा दाबीमा परेका ३३ वटालाई १३ करोड ९८ लाख रुपैयाँ भुक्तान गरिएको छ । १३ वटाले ५१ करोड ७० लाख रुपैयाँ पेस्की रकम भुक्तान पाएका छन् । यसको अन्तिम दाबी ६५ करोड ६९ लाख रुपैयाँ छ ।

विविध शीर्षकअन्तर्गत परेको बीमा दाबीमध्ये एक हजार एक सय नौवटा दाबी बराबर तीन अर्ब ४६ करोड ३२ लाख भुक्तान गरिएको छ । विविध एक हजार तीन सय ४८ वटा बीमा अन्तिम दाबी तीन अर्ब ४६ करोड ९७ लाख रुपैयाँ छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]