June 6th, 2016

स्टान्डर्ड चार्टर्डका शेयरधनीलाई २५ प्रतिशत बोनस शेयर

standard charterdस्टाण्डर्ड चार्टर्ड बैंकले आफ्ना शेयरधनीलाई २५ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ । साथै, १९.२१ प्रतिशत नगद लाभांश समेत दिने भएको छ । बैंकले गत आर्थिक वर्ष २०७१/७२को नाफाबाट बोनस तथा लाभांस दिन लागेको हो । गत वर्ष बैंकले एक अर्ब २९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको सञ्चालन नाफा एक अर्ब ८२ करोड रुपैयाँ थियो । बैंकमा स्टाण्डर्ड चार्टर्ड समूहको ७५ प्रतिशत र साधारण लगानीकर्ताको २५ प्रतिशत लगानी छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]