June 25th, 2017

सुनसरीको दुहवीमा एनआईसी एशिया बैंकको नयाँ शाखा

एनआईसी एशिया बैंकले आफ्नो १०८ औं शाखा सुनसरी जिल्ला स्थित दुहवीमा विस्तार गरेको छ । आइतबार (असार ११ गते) एक समारोहका बिच दुहबी नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत प्रमोद कुमार चौधरी एवं दुहबी उद्योग बाणिज्य संघका अध्यक्ष उमेश गोस्वामीले संयुक्त रुपमा उक्त शाखाको विधिवत् समुद्घाटन गरे । 

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआईसी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरुमध्ये एक हो । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।


 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]