June 3rd, 2016

सिटिजन्स बैंक र पुनर्निर्माण प्राधीकरणबिच सम्झौता

photo-Agreement Signingसिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र राष्ट्रिय पुनर्निर्माण प्राधिकरण बीच भूकम्पबाट क्षति भएका निजी आवास पुनर्निर्माणका लागि अनुदान रकम वितरण गर्ने सम्झौता भएको छ । यस सम्झौता बमोजिम राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पठाएको लाभग्राहीहरुको खाता खोली वितरण प्रक्रियामा निजी आवास पुनर्निर्माणमा नेपाल सरकारलाई सहयोग पुर्याउने बैंकको लक्ष्य रहेको छ । भूकम्प प्रभावित दोलखा जिल्लाको भिमेश्वर नगरपालिका, काभ्रेको बनेपा नगरपालिका र मकवानपुरको हेटौँडामा रहेका यस बैंकका शाखा कार्यलयहरुबाट लाभग्राहीहरुले सेवा पाउन सक्नेछन् । 

निजी आवास पुनर्निर्माण अनुदानको लागि लाभग्राहीहरुले निजी आवास अनुदान वितरण सम्बन्धी कार्यविधि परिपालन गर्नुपर्नेछ ।
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]