July 22nd, 2016

सिटिजन्स बैंकले पहिलोपटक कमायो १ अर्बभन्दा बढी मुनाफा

citizen bankसिटिजन्स बैंकले आर्थिक वर्ष २०७२/७३ मा १ अर्ब ८ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाउँदै अर्बपति क्लबमा आफ्नो नाम लेखाएको छ । बैंकले १ वर्षमा खुद नाफा करिब ३७ करोड रुपैयाँले बढाएको हो । अघिल्लो वर्ष बैंकले ७२ करोड ३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।  
 
बैंकले कर्जा लगानी तथा निक्षेप संकलनमा निकै बृद्धि गरेको छ । बैंकमा गत असार मसान्तसम्म ५५ अर्ब ९९ लाख रुपैयाँ निक्षेप जम्मा भएको छ । जुन गत वर्षको तुलनामा करिब १२ अर्ब बढी हो । त्यस्तै कर्जा लगानी ४० अर्ब ५६ लाख रुपैयाँ छ । जुन गत वर्षको भन्दा करिब ११ अर्ब रुपैयाँ बढी हो । 

बैंकले खुद व्याज आम्दानी ३५ करोड रुपैयाँ बढाएको छ । त्यस्तै, २९ करोड रुपैयाँ अन्य सञ्चालन नाफाबाट कमाएको छ भने विदेशी विनिमय कारोबारबाट बैंकले १४ करोड रुपैयाँ कमाएको छ । बैंकले यो वर्ष ४३ करोड रुपैयाँ राइटव्याक गरेको छ । त्यस्तै गैरसञ्चालन आम्दानी १४ करोड रुपैयाँ छ । बैंकले ३२ करोड रुपैयाँ संभावित नोक्सानीका लागि प्रोभिजन पनि गरेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]