January 31st, 2018

सिटिजन्स बैंकद्वारा जेष्ठ नागरिकलाई खाना प्रदान

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले राजधानीको मीनभवनस्थित निःसहाय सेवा सदन जेष्ठ नागरिक आवास गृहका ४० भन्दा वढी वृद्धवृद्धालाई खाना सहयोग गरेको छ । स्थापनाकालदेखि नै बैंकले आफ्नो बार्षिक उत्सवको उपलक्ष्यमा जेष्ठ नागरिकलाई खाना प्रदान गर्दै आएको छ  । यसैको निरन्तरता स्वरूप यस वर्ष पनि बैंकले उक्त कार्यक्रम संचालन गरेको हो । बैंकले देखाएको यस अग्रसरताले जेष्ठ नागरिकको सामाजिक संरक्षण हुने कुरा  बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रवक्ता गणेश राज पोखरेलले बताए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]