January 19th, 2018

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको नाफामा गिरावट

बैंकिङ खबर । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाशमा १५ करोड १४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आठ दशमलव ७६ प्रतिशत कम नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा शाइन रेसुंगाले १६ करोड ५९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

२५ प्रतिशत बोनस सेयर वितरण गरेर एक अर्ब ३७ करोड ८६ लाख रुपैयाँ चुक्तापुँजी पुर्याएको बैंकले जगेडा कोषमा ४२ करोड छ लाख रुपैयाँ राखेको छ । निक्षेपमा २९.७६ प्रतिशतले वृद्धि गरी ११ अर्ब ९४ करोड रुपैयाँ पुर्याएको छ भने कर्जातर्फ २८.३४ प्रतिशत वृद्धि गरी १० अर्ब ४९ करोड रुपैयाँ लगानी गरेको छ । 

बैंकको खुद व्याज आम्दानी ३.०७ अंकले घटेर ३० करोड ३१ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १३.५८ अंकले घटेर २१ करोड ९७ लाख रुपैयाँ कायम भएको छ । यो अवधिमा एक करोड २६ लाख रुपैयाँ खरा कर्जा उठाएको बैंकले प्रोभिजनमा दुई करोड ८६ लाख रुपैयाँ राखेको छ । 

शाइन रेसुंगाको प्रतिसेयर आम्दानी (वार्षिक) २१ दशमलव ९७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३० दशमलव ५१ रुपैयाँ, तरलता अनुपात २५ दशमलव ८५ प्रतिशत र मुल्य आम्दानीको अनुपात १३ दशमलव ६६ गुणा रहेको छ । त्यस्तै, बैंकको निष्कृय कर्जा शुन्य दशमलव १७ प्रतिशत र जोखिमयुक्त सम्पत्ति १५ दशमलव ३३ प्रतिशत रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]