July 29th, 2017

विल गेट्सलाई पछि पारेर जेफ बेजोस बने सन्सारकै धनी, वारेन बफेट चौथो स्थानमा

विश्वको धनि व्यक्ति हुने चाहाना कसको नहोला ? यस्तो चाहाना त्यस्ता व्यक्तिको हुन्छ जसले सफलता र धनी हुने सुत्रहरु अपनाएर व्यबसायमा छिर्छन् । तर विश्व धनाढ्य एक नम्बरका व्यक्ति विल गेट्स यसपाली भने दोस्रो नम्बरमा परेका छन् । उनलाई थोरै अन्तरले जेफ बेजोसले पछाडि पारेका छन्। विश्वकै ठूलो अनलाइन रिटेलर कम्पनी अमेजनको सेयरमा भएको भारी वृद्धिसँगै कम्पनीका कोफाउन्डर जोसेफ विश्वकै धनी व्यक्ति बनेका हुन् । जसअनुसार माइक्रोसफ्ट कम्पनीका बिल गेट्स दोस्रो स्थानमा छन्।

ब्लुमबर्ग बिलेनियरको रिपोर्टअनुसार मंगलबार अमेजनको सेयर १।३ प्रतिशतले बढ्यो। योसँगै बेजोसको कुल सम्पत्ति ९०।९ अर्ब डलर पुगेको छ। सन् २०१७ को सुरुवातमा बेजोस विश्वका चौथा धनी व्यक्ति थिए। अहिले उनले वारेन बफेट र अमान्सियो आर्टिगोलाई पनि पछि पार्दै ठूलो छलाङ मार्न सफल भएका छन् । हाल जेफ बेजोसको ९०.९ अर्ब डलर र बिल गेट्सको ९०.७ अर्ब डलर सम्पत्ति छ । त्यसैगरी अमान्सियो आर्टिगोको ८२.७ अर्ब डलर र 
वारेन बफेटको ७४.५ अर्ब डलर छ । उनीहरुलाई मार्क जुकरवर्गले ७०.५ अर्ब डलरले पच्छाएका छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]