February 16th, 2018

यो साता केके भयो बैंकिङ क्षेत्रमा ? टप सात खबरहरु

बैंकिङ खबर । यो साता नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक मीतिको अर्थवार्षिक समीक्षा गर्यो । त्यस्तै, राष्ट्र बैंकले चालू आर्थिक वर्षको पहिलो छ महिनाको आर्थिक तथा वित्तीय विवरण पनि सार्वजनिक गर्यो । यता, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले गत डिसेम्बरमा सञ्चालित चार्टर्ड एकाउन्टेन्सी परीक्षाको नतिजा सार्वजनिक गर्यो । नेपाल धितोपत्र बोर्डले नेप्सेमा सूचिकृत कम्पनीहरुको वर्गीकरण गर्यो । समग्रमा यस साताका प्रमुख वित्तीय खबरहरु यहाँ प्रस्तुत गरिन्छ ।

मौद्रिक नीतिको समीक्षा
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्यो । समीक्षामा राष्ट्र बैंकले शाखा विस्तार ओभरड्राफ्ट कर्जामा कडाई गरेको छ भने उत्पादनशील क्षेत्रमा २५ प्रतिशत लगानी पुर्याउन सजिलो बनाइदिएको छ । त्यस्तै, सार्वजनिक संस्थाको खाता वाणिज्य बैंकमै हुनुपर्ने व्यवस्था पनि गरिएको छ । 

छ महिनाको आर्थिक तथा वित्तीय विवरण
चालू आर्थिक वर्षको  पहिलो छ महिनाको आर्थिक तथा वित्तीय विवरण सार्वजनिक गर्दै राष्ट्र बैंकले अर्थतनत्रको प्रगति मिश्रित रहेको बतायो । विवरणअनुसार, मुद्रास्फीति गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ भने विप्रेषण आप्रवाह घटेको छ । निक्षेप संकलनको तुलनामा कर्जा प्रवाह वृद्धिदर बढेको छ । वाह्य क्षेत्रतर्फको स्थायीत्व भने सबल अवस्थामै रहेको छ ।

२७ चार्टर्ड एकाउन्टेन्ट थपिए
मुलुकमा यस वर्ष २७ जना चार्टर्ड एकाउन्टेन्ट थपिए । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले गत डिसेम्बरमा सञ्चालित चार्टर्ड एकाउन्टेन्सी परीक्षाको नतिजा सार्वजनिक गरेको छ । विहीबार प्रकाशित नतिजाअनुसार यो वर्ष २७ जना चार्टर्ड एकाउन्टेन्ट उत्तीर्ण भएका छन् । क्याप वानमा सात सय २९ परीक्षार्थीमध्ये चार सय ८८ जना उतीर्ण भएका छन् भने क्याप टु मा एक हजार चार सय २८ परीक्षार्थीमध्ये दुई सय ४३ जना उतीर्ण भएका छन् । यस्तै क्याप थ्रीमा पाँच सय ४३ जना परीक्षार्थीमध्ये दुवै समूहमा गरी ७७ जना उत्तिर्ण भएको संस्थाले जनाएको छ । चार्टर्ड एकाउन्ट्न्टस् सदस्यता परीक्षामा भने ३५ जना उतीर्ण भएको बताइएको छ ।

नेप्सेमा सूचिकृत कम्पनीहरुको वर्गीकरण
नेपाल स्टक एक्सचेञ्जले धितोपत्र सूचिकरण विनियमावली, २०५३ को विनियम १४ को उपविनियम(२) ले व्यवस्था गरेको शर्त अनुसार सूचिकृत कम्पनीहरुको वर्गिकरण गर्यो । जसअनुसार, सूचिकृत २०६ वटा कम्पनीहरुमध्ये ११० कम्पनी नेप्सेको सूचिकरणमा ‘क’ समूहमा परेका छन् । नेप्सेका अनुसार वाणिज्य बैंक समूहबाट २७, अन्य समूहबाट २, जलविद्युत समूहबाट ५, होटल समूहबाट २, बीमा समूहबाट १६, वित्त समूहबाट ११, विकास बैंक समूहबाट २१ र माईक्रोफाइनान्स समूहबाट २६ कम्पनीहरु ‘क’ वर्गमा परेका छन् । 

एनआईसी एशिया बैंकको शाखा विस्तार
लुम्बिनी अञ्चलमा एनआईसी एशिया बैंकले नौ नयाँ शाखा कार्यालयहरु एकै साथ संञ्चालनमा ल्यायो । जसअन्र्तगत नवलपरासी जिल्लाको ४ स्थानहरु गैंडाकोट न.पा. वडा नं. १५ अमरापुरी स्थित अमरापुरी शाखा,  प्रतापपुर न.पा. वडा नं २ गोपीगंज स्थित गोपीगंज शाखा, बिनयीत्रिवेणी गा.पा. वडा नं १ दुम्कीबास स्थित दुम्कीबास शाखा र मध्यबिन्दु न.पा. वडा नं. १० अरुणखोला स्थित अरुणखोला शाखा साथै, रुपन्देही जिल्लाको ३ स्थानहरु देवदह न.पा. वडा नं. १२ शंकरपुर स्थित शंकरपुर शाखा, सैनामैना न.पा. वडा नं. ३ मुर्गिया स्थित मुर्गिया शाखा र तिलोत्तमा न.पा. वडा नं. ८ मणिग्राम ४ नम्बर स्थित मणिग्राम ४ नम्बर शाखा र कपिलवस्तु जिल्लाको २ स्थानहरु बाणगंगा नगरपालिका वडा नं. १, ४ नम्बर जितपुर स्थित ४ नम्बर जितपुर शाखा र बुद्धभुमी न.पा. वडा नं. ९, ईमिलिया स्थित ईमिलिया शाखाको माघ २८ गते एक भव्य समारोहका बिच समुद्घाटन सम्पन्न भयो । त्यस्तै, बैंकले सोमबार तिलोत्तमा न.पा. वडा नं. १५, कोटिहवा, रुपन्देहीमा पनि नयाँ शाखा संचालनमा ल्यायो ।

हिमालयन बैंकको नगद फिर्ता योजना
हिमालयन बैंक लि.ले आफ्ना ग्राहकवर्गहरुलाई आकर्षक नगद फिर्ता योजना सार्वजनिक गर्यो । यस योजना अन्तर्गत, बैंकका ग्राहकहरुले आफ्नो भिसा डेबिट, क्रेडिट वा प्रिपेड कार्डको माध्यमबाट सामानहरु खरिद गर्दा १० प्रतिशतसम्म नगद फिर्ता पाउने छन् । यो योजनामा सहभागी हुन ग्राहकहरुले आफ्नो भिसा डेबिट, क्रेडिट वा प्रिपेड कार्डबाट नेपालका कुनै पनि पोइन्ट अफ सेल मेशिन वा अनलाइनबाट सामानहरु खरिद गर्नुपर्ने हुन्छ । यस योजना अन्तर्गत ग्राहकले पोइन्ट अफ सेल मेशिनबाट सामान खरिद गर्दा ५५ र अनलाइन बाट सामान खरिद गर्दा १० प्रतिशतसम्म नगद फिर्ता पाउने छन् । उक्त नगद फिर्ता योजनामा बैंकले ग्राहकहरुको खातामा नेपाली महिनाको अन्त्य नगद फिर्ता गर्ने बताएको छ । 

अन्य,
सिद्धार्थ बैंकले बुधबार महोत्तरीको गौसाला नगरपालिकामा शाखा स्थापना गर्यो ।
प्रभु बैंक लिमिटेडले महोत्तरी जिल्लाको एकडारा गाउँपालिका वडा नं. १ मा नयाँ शाखा संचालनमा ल्यायो ।
ग्लोबल आइएमई बैंक लिमिटेडले रोल्पा जिल्लाको माडी गाउँपालिका २, घर्तीगाँउ र रुकुम जिल्लाको सानीभेरी गाउँपालिका ९, सिम्लीमा आफ्नो शाखारहित बैकिङ्ग सेवा सुरु गर्यो ।
मुक्तिनाथ विकास बैंक लिमिटेडले काठमाडौँ महानगरपालिका वडा नं.१० बानेश्वरमा रहेको शाखा कार्यालयको औपचारिक रुपमा उद्घाटन गरी संचालनमा ल्यायो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]