April 12th, 2017

मञ्जुश्री फाइनान्स पनि अब अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीमा

बैंक वित्तीय संस्थाहरुलाई अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीमा आवद्ध गराउँदै लाने क्रममा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले मञ्जुश्री फाइनान्स लिमिटेडसँग अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली सेवा सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ । यस सम्झौतापत्रमा नेपाल क्लियरिङ्ग हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधान र मञ्जुश्री फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष निरौलाले हस्ताक्षर गरेका हुन् । यस सम्झौताअनुसार नेपाल क्लियरिङ्गले फाइनान्सलाई अन्तरबैंक विद्युतीय भुक्तानी सेवा संचालनको लागि NCHL-IPS प्रणाली उपलब्ध गराउने छ ।

यस प्रणालीमार्फत कम्पनीसँग आवद्ध सदस्य बैंक तथा वित्तीय संस्थाहरुमा रहेका ग्राहकहरुको कुनै पनि खातामा भुक्तानी दिने र लिने जस्ता कारोबारहरु पूर्ण रुपमा संचालन गर्न सकिने बताइएको छ । ग्राहकको रकम स्थानान्तरण, डिभिडेन्ट पेमेन्ट, आइपीओ रिफन्ड, बिल भुक्तानी, प्रिमियम भुक्तानी, सामाजिक सुरक्षाभत्ता, पेन्सन/तलब भुक्तानी, रेमिट्यान्स लगायतका कुनै पनि प्रकारका भुक्तानी दिने तथा लिने सेवा यस प्रणालीबाट सदस्य बैंक तथा वित्तीय संस्थाहरुले गर्न सक्नेछन् । 

यस प्रणालीमा हालसम्म कम्पनीले ७१ बैंक तथा वित्तीय संस्थाहरुसँग प्रत्यक्ष सदस्य र अन्य ५ कम्पनीसँग अप्रत्यक्ष सदस्यको रुपमा सम्झौता गरिसकेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]