July 21st, 2016

बोलकबोलबाट खुल्यो एनआईसी एसियाको ४ लाख कित्ता आईपीओ 

nic asiaएनआईसी एशिया बैंकले ४ लाख ३३  हजार ९ सय १ कित्ता साधारण शेयर बोलकबोलबाट विक्रि गर्ने भएको छ । बैंकले गत महिना निष्काशन गरेको हकप्रद शेयर नभर्ने लगानीकर्ताको शेयर बोलकबोलबाट विक्रि गर्न लागेको जनाएको छ । जसअनुसार बढी मूल्य हाल्न चाहने लगानीकर्ताले सो सेयर किन्न पाउँनेछन् । बैंकले आईपीओको मूल्य न्युनतम एक सय रुपैयाँ तोकेको छ । यो मूल्यमा बढाबढ गरेर लगानीकर्ताले बोलपत्र भर्न पाउँछन् । 
 
लगानीकर्ताले न्युनतम एक सय कित्ता र अधिकतम १०ले भाग जानेगरि सबै कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् । साउन २० गतेसम्म लगानीकर्ताले आवेदन दिन पाउने र २१ गते बाँडफाट गर्ने जानकारी बैंकले दिएको छ । यो सेयरको धितोपत्र निश्कासन तथा विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट नियक्त भएको छ । 
 
त्यस्तै बैंकले ५५ कित्ता सस्थापक सेयर पनि बोलकबोलबाट विक्री गर्ने जनाएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]