February 12th, 2018

बागमती सरसफाई अभियानमा ‘लुम्बिनी विकास बैंक’

लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत बाग्मती सफाई महाअभियानमा सहकार्य गरेको छ । बैंकले आफ्ना करिव ७० कर्मचारीहरु समेत संलग्न भई माघ २७ गते काठमडौँको रुद्रमती नदीको कालोपूल देखि सेतोपूलसम्मको क्षेत्रमा सरसफाई कार्यक्रममा सहभागी भएको हो । 

उक्त कार्यक्रममा बैंकका तर्फबाट सरसफाई सम्बन्धी विभिन्न सामाग्रीहरु वितरण गरिएको थियो । कार्यक्रमको शूभारम्भ का.म.न.पा.का उपमेयर हरिप्रभा खड्गीले गरेका थिए भने सो कार्यक्रमको समापनमा पुर्व प्रधानमन्त्री माधवकूमार नेपालले सम्बोधन गरेका थिए । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]