December 15th, 2017

प्रुडेन्सियल इन्स्योरेन्सको ३० प्रतिशत हकप्रद पुस १६ गतेदेखि

बैंकिङ खबर । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले पुस १६ गतेदेखि ३० प्रतिशत अर्थात १० बराबर तीनको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । माघ २१ गतेसम्म निष्काशन गरिने सेयरमा मंसिर १४ गतेसम्म कायम भएका सेयरधनीले आवेदन दिन पाउनेछन् । 

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । हकप्रदमा आस्वा सदस्यमा सहभागि रहेका सम्पुर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन गर्न सकिनेछ । साथै सेयरधनीले विक्री प्रबन्धकको कार्यालय बबरमहल, र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका केन्द्रीय तथा सम्पूर्ण शाखा कार्यालयबाट पनि हकप्रदमा आवेदन दिन पाइनेछ ।

प्रुडेन्यिसल इन्स्योरेन्सले एक सय रूपैयाँ अंकित दरमा १२ करोड ८३ लाख रुपैयाँ बराबरको १२ लाख ८३ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । हाल कम्पनीको चुक्ता पूँजी ४२ करोड ७६ लाख ८० हजार रुपैयाँ रहेको छ । ३० प्रतिशत हकप्रद निष्कासन पश्चात कम्पनीको चुक्ता पुँजी ५५ करोड ५९ लाख ८४ हजार रुपैयाँ पुग्नेछ । 

मंसिर १ गते शुक्रबार सम्पन्न कम्पनीको १६औं वार्षिक साधारणले चुक्ता पूँजी ४२ करोड ७६ लाख ८० हजार रूपैयाँको २० बोनस सेयर पारित गरेको छ । बोनस पूँजीकरण गर्दा कम्पनीको चुक्तापुँजी ६४ करोड १५ लाख रुपैयाँ नाघ्नेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]